Logo
५ जेष्ठ २०८१, शनिबार
(February 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालबाट जाने हवाईयात्रुमाथि भारतीय विमानस्थलमा ‘स्क्रिनिङ’

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणको जोखिमलाई न्यून गर्न भारत सरकारले काठमाडौंबाट हवाईमार्ग हुँदै आउने यात्रुहरुको पनि ‘स्क्रिनिङ’ गर्ने भएको छ ।

शनिबार भारत सरकारको क्याविनेट सचिवस्तरको बैठकले हवाईयात्रुहरुलाई भारतीय विमानस्थलमा कोरोना भाइरस भए नभएको स्क्रिनिङ (जाँच) गरेर मात्र प्रवेश दिने निर्णय गरेको हो।

मुम्बईको विमानस्थलले सो निर्णयलाई कार्यान्वयन गर्न थालिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ‘मुम्बई विमानस्थलले मलेसिया, इण्डोनेसिया, भियतनाम र नेपालदेखि आएका हवाईयात्रुलाई स्क्रिनिङ गर्न थालिसकेको छ’ भारतको टाइम्स अफ इण्डियाले सो समाचार प्रकाशित गरेको छ।

मलेसिया, नेपाल, सिंगापुर र थाइल्याण्डबाट जहाज आउने बैंगलोर विमानस्थलमा पनि यो छिटै लागुहुने सो समाचारमा जनाइएको छ।

प्रकाशित मिति: Feb 23, 2020

प्रतिक्रिया दिनुहोस्