Logo
२२ बैशाख २०८१, शनिबार
(February 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फुटबल – थ्रीस्टार तेस्रो स्थानमा उक्लियो

थ्रीस्टार क्लबले सङ्कटा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबलको अङ्क तालिकामा तेस्रो स्थानमा उक्लेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा थ्रीस्टारले साविक उपविजेता सङ्कटालाई १-० गोल अन्तरले पराजित गर्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको हो ।

थ्रीस्टारको जीतमा अनन्त तामाङ नायक बने । उनले खेलको दोस्रो हाफमा गोल गरेका हुन् ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अनन्तले खेलको ६१ औँ मिनेटमा थ्रीस्टारको लागि निर्णायक गोल गरे ।

खेलमा थ्रीस्टारका विक्रम लामा म्यान अफ दि म्याच घोषित भए । जारी प्रतियोगितामा थ्रीस्टारले ११ खेलमा २० अङ्क जोडेको छ । यता समान खेल खेलको सङ्कटा १५ अङ्कका साथ अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति: Feb 7, 2020

प्रतिक्रिया दिनुहोस्