Logo
६ जेष्ठ २०८१, आईतबार
(February 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४ दिनपछि आईजीपी खनालको अवकास पाउँदै

काठमाडौँ : नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले माघ २८ गते ३० वर्षे सेवा अवधीका कारण नियमित अवकाश पाउँदैछन् ।

आईजीपी खनालसँगै ३ एआईजी र १८ जना डीआईजीले पनि एकैपटक अवकाश पाउँदैछन् ।

खनाल नेपाल प्रहरीका २६ औं आईजीपी हुन् । खनालसँगै एआईजी पुष्कर कार्की, धिरु बस्न्यात ठूले राई र एसएसपी दिलिपसिंह बस्नेत अवकाशमा जाँदैछन् ।

आईजीपी खनालसँगै सबै २९ माघ २०४६ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । एकैदिन सेवा प्रवेश गरेकाले उनीहरू सबै एकदिन अवकाश पाउन लागेका हुन् ।

आईजीपीको दाबेदारका रूपमा डीआईजी ठाकुर ज्ञवालीको बढि सम्भावना देखिएको छ भने एआइजीको लागि चर्को भीडन्त हुने सम्भावना देखिएको छ ।

चार दिनपछि अवकाशमा जान लागेका आईजीपी खनाल विदा बसेका छैनन् । सामान्यतया सुरक्षा फौजको प्रमुख अवकाश हुुनुभन्दा एक महिनाअघि बिदा बसेर भावी नेतृत्वकर्तालाई कायममुकायम दिने प्रचलन हुन्छ । तर, सरकारले नेपाल प्रहरीमा नयाँ आईजीपीको नाम तय नगर्दा खनाल बिदा नबसेका हुन् ।

प्रकाशित मिति: Feb 7, 2020

प्रतिक्रिया दिनुहोस्