Logo
६ जेष्ठ २०८१, आईतबार
(February 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजामती सेवाका ५ सचिव रिक्त : ४ को अवकास, १ को राजीनामा

काठमाडौं : निजामती सेवाका पाँचजना विशिष्ठ श्रेणीका प्रशासक खाली भएको छ ।
चार सचिवको अवकाश र एकजनाको राजीनामासँगै निजामती सेवाका पाँचजना विशिष्ठ श्रेणीका प्रशासक खाली भएको हो । रिक्त पाँच सचिव बढुवाका लागि लोकसेवा आयोग र सामान्य प्रशासन मन्त्रालयले काम अघि बढाएको छ ।

गृहसचिव प्रेमकुमार राईसहित रामकुमार आचार्य, डा. गजेन्द्र ठाकुर, राजन खनाल र अनिल ठाकुरले अवकाश पाएका छन् ।

तर अवकास पाएका अनिल ठाकुरको ठाउँमा दिनेश भट्टराई बरिष्ठताका आधारमा सचिव बढुवा भइसकेका छन् । उनलाई प्रदेश १ को प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सचिव बढुवा सिफारिस समितिले एक रिक्त सचिव पदका लागि तीन जनाको नाम सिफारिस गर्छ । क्लस्टर अनुसार सचिव सिफारिस गर्नुपर्ने भएकाले डा. गजेन्द्र ठाकुरको ठाउँमा प्राविधिक सहसचिवबाटै बढुवा हुनेछन् ।

त्यस्तै कृषि सचिवबाट राजीनामा दिएका डा. युवकध्वज जिसीको ठाउँमा पनि कृषि प्राविधिक समूहकै बरिष्ठतम सहसचिवको बढुवा हुनेछ । कृषि सेवाबाट हरिबहादुर केसी बरिष्ठ सहसचिव हुन् भने प्राविधिकतर्फ सागर राई बरिष्ठ हुन् ।

यद्यपि कृषि तथा पशुपन्छी मन्त्रालयमा अर्का सचिव प्रकाश माथेमा पनि रहेकाले जिसीको ठाउँमा सचिव बढुवा गर्ने वा खाली राख्ने भन्ने निर्णय सरकारले गर्न बाँकी छ । डा. जिसीको राजीनामा सोमबारको मन्त्रिपरिषद बैठकले स्वीकृत गरिसकेको छ ।

को-को हुन् सचिवका दाबेदार ?

माघ २२ पछि रिक्त रहेका प्रशासन सेवाका तीन सचिवका लागि बरिष्ठताका आधारमा बढुवा गर्दा एकनारायण अर्याल, रामशरण पुडासैनी र टेकनारायण पाण्डे मुख्य दाबेदार हुन् । सिफारिस समितिले भने तीन सचिवका लागि ९ जनाको नाम सिफारिस गर्नुपर्छ ।

प्रशासन सेवातर्फ सचिवका दाबेदार सहसचिवमा अर्जुन पोखरेल, डा. मधु मरासिनी, लक्ष्मी बस्नेत, मानबहादुर जिसी, कृष्णबहादुर राउत, गोकर्णमणी दवाडी, विष्णु नेपाल र सुमनराज अर्याल पनि हुन् ।

यीमध्ये बस्नेत र राउत अहिले सचिव बन्न पाउँदैनन् । उनीहरुले सचिव बन्नुपर्ने तालिम लिएका छैनन् । ४० वर्षको उमेर हाराहारीमा रहेका उनीहरुले सचिव बनेको पाँच वर्षपछि अवकाश लिनुपर्ने हुँन्छ । त्यसैले उनीहरु तत्काल सहसचिवमै रहन खोजेका छन् ।

प्रकाशित मिति: Feb 5, 2020

प्रतिक्रिया दिनुहोस्