Logo
१६ बैशाख २०८१, आईतबार
(January 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार केएमद्वारा गाउँको बिधालयलाई २ थान कम्प्युटर सहयोग

rhdr

पत्रकार वीरेन्द्र केएमले प्रदेश १ स्थित सुनसरीको एक ग्रामिण विद्यालयलाई कम्प्युटर सहयोग गरेका छन् ।

सरस्वती पूजाको अवसरमा देवानगंज गाउँपालिका अन्तर्गत रहेको जनता माध्यमिक बिधालयलाई पत्रकार केएमले २ थान कम्प्युटर प्रदान गरेका हुन् ।

एबिपी न्युज ईन्डियाका नेपाल संवाददाता र काठमाडौं स्थित नागरिक टाईम्सका सम्पादक समेत रहेका केएमले एक महिनाको ब्यक्तिगत कमाईबाट कम्प्युटर खरिद गर्दै आफ्ना आमा-बुबाको हातबाट बिधालयलाई कम्प्युटर प्रदान गरेका हुन् ।

केएमका आमा रामवतीदेवी मेहता र बुवा सुर्यनारायण मेहताले बिहिवार एक औपचारिक कार्यक्रमबीच संयुक्त रूपमा बिधालयका ब्यवस्थापन समिती अध्यक्ष र प्रधानाध्यापकलाई उक्त कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

उक्त क्रममा पत्रकार केएमले बिधालयबाट पढेर त सबै जान्छन् तर फर्केर त्यो बिधालयलाई मज्बुत कति जनाले बनाउन आँउछ्न आजको विचारनीय कुरा यहीँ भएको बताए ।

“आज म आफूलाई जतिसुकै स्मार्ट सम्झिन्छु होला तर मेरो गाउँको बिद्यार्थीहरु अहिलेको प्रविधि जवानामा स्मार्ट भएन भने त्यसको दोषी म पनि मानिन्छु तसर्थ हामी जस्ता जागरुप युवापुस्ताले सहयोगी हातहरु बढाउनुपर्छ ।

उक्त अवसरमा पत्रकार केएमलाई बिधालयले नागरिक अभिनन्दन समेत गरेका थियोे । “यसो हेर्दा मात्र ६०/७० हजार बराबरको सहयोग होला तर आजको मतलबी संसारमा पुर्व विद्यार्थीले बिधालयका लागि सहयोगी हात बढाउनु निकै नै सम्मानित कार्य हो ।” वक्ताहरुले पत्रकार केएमबाट अन्यलेपनि पाठ सिक्नुपर्ने बताए ।

प्रकाशित मिति: Jan 30, 2020

प्रतिक्रिया दिनुहोस्