Logo
५ जेष्ठ २०८१, शनिबार
(January 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहारको चम्पारणबाट वामपन्थी नेता कन्हैया कुमार पक्राउ

वामपन्थी नेता तथा जेएनयू छात्र संघका पूर्व अध्यक्ष कन्हैया कुमारलाई बिहारको चम्पारणबाट प्रहरीले पक्राउ गरेको छ । ट्विटरमा कन्हैया कुमारले यो जानकारी दिएका छन् ।

उनले लेखेका छन् ‘आज चम्पारणमा गान्धीजीलाई नमन गरेर गरिब–विरोधी CAA-NRC-NPR को विरोधमा एक महिने जन–गण–मन यात्राको सुरुवात हुने क्रममा थियो । समाजका धेरै मानिसहरु यो यात्रामा सहभागिताका लागि तयार थिए । तर प्रशासनले केही समय अघि सबैलाई हिरासतमा लिएको छ ।’

बुधबार कन्हैया कुमारले भनेका थिए कि उनी एक महिना लामो जन–गण–मन यात्रा गर्ने क्रममा छन् जो बिहारका सबै प्रमुख शहरमा पुग्ने छ । यस क्रममा करिब ५० वटा सभा हुने छन् ।

प्रकाशित मिति: Jan 30, 2020

प्रतिक्रिया दिनुहोस्