Logo
२८ बैशाख २०८१, शुक्रबार
(January 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाम चलेकै सिमेन्ट उद्योगकाे राेकिएन बदमासी, गुणस्तरहीन उत्पादन गर्ने थप चार उद्योग कारबाहीमा

नाम चलेकै सिमेन्ट उद्योगले गुणस्तरहीन सिमेन्ट बेच्ने काम अझै राेकिएकाे छैन ।

नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर विपरीत सिमेन्ट उत्पादन गर्ने चार उद्योग फेरि कारबाहीमा परेका छन ।

विभागको टोलीले नेपाल गुणस्तरअनुरुप सिमेन्ट उत्पादन नगर्ने विशाल सिमेन्ट प्रालि रुपन्देही, इन्टरनेशनल सिमेन्ट प्रालि पर्सा, आरएमसी सिमेन्ट प्रालि बारा र हिमालयन सिमेन्ट प्रालि झापालाई कारवाही गरेको हो ।

विभागका निर्देशक सञ्जीवकुमार ठाकुरले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० को नियम १६ (क) अनुसार इजाजतपत्र स्थगन गरिएको जानकारी दिए ।

विशाल सिमेन्टलाई सङ्कलित नमूनाको एमजिओभन्दा बढी भएको, इन्टरनेशनल सिमेन्टलाई सङ्कलित नमूना ओपिसीको एलएसएफ कम भएको, आरएमसी सिमेन्टलाई सङ्कलित नमूनाको ओपिसी कम भएको विभागले जनाएको छ ।

यस्तै, हिमालयन सिमेन्टलाई सङ्कलित नमूनाको आइआर नेपाल गुणस्तर ३८४ अनुरुप नभएकाले कारवाही गरिएको विभागकाे भनाइ छ ।

अघिल्लो साता नाम चलेका सिभम्, अर्घाखाँची लगायतका सिमेन्ट कारबाहीमा परेका थिए ।

प्रकाशित मिति: Jan 28, 2020

प्रतिक्रिया दिनुहोस्