Logo
१५ बैशाख २०८१, शनिबार
(January 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यायिक निकायको आदेश नहुँदासम्म आस्था राउत प्रहरी हिरासतमै

काठमाडौं : गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् । एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

अभद्र व्यवहार गरेको आरोप लागेकी उनी नातेदारसहित सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा पुगेकी हुन् । माघ ५ गते आस्थाविरुद्ध वारेन्ट जारी हुँदा उनी भारतको सिक्किममा थिइन् ।

परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटी भन्छन्, ‘आजै सिडियो कार्यालय उपस्थित गराउँछौं । जस्तो आदेश हुन्छ सोही बमोजिम अनुुसन्धाअगाडि बढ्छ । न्यायिक निकायको आदेश नहुँदासम्म उहाँ प्रहरी हिरासतमै हो ।’ अभद्र व्यवहारको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने गर्छन् । प्रहरीले २४ घण्टाभित्र न्यायिक निकायमा पुर्याइसक्नुपर्छ ।

२४ दिनभित्र आरोपीविरुद्ध मुद्दा दर्ता गरिसक्नुपर्छ । त्यो हिसाबले माघ २९ सम्म आस्थालाई प्रमुख जिल्ला अधिकारीले थुनामा राखेर अनुसन्धान गर्ने म्याद प्रहरीलाई दिन सक्छन् । आस्थाविरुद्धको कसूर मामुली प्रकृतिको भएका कारण धेरै दिन अनुसन्धानमा राख्ने अभ्यास छैन । सम्भवत: आस्था आजै मुक्त पनि हुन सक्छिन् ।

प्रकाशित मिति: Jan 27, 2020

प्रतिक्रिया दिनुहोस्