Logo
२८ बैशाख २०८१, शुक्रबार
(January 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य फेरि बढेर ७६ हजार पुग्यो

सुन एक दिनमै तोलामा ५ सय रुपैयाँले बढेको छ।

आइतबार प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको सुन आज (सोमबार) ७६ हजार रुपैयाँ पुगेको छ।

निरन्तर उकालो लाग्दै गएको सुनको भाउ केही ओरालो लागेर पुन उकालो लाग्न सुरु गरेको छ। प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर शुक्रबार ७४ हजार ८ सयमा आइपुगेको थियो। पुन बढेर ७६ हजार पुगेको छ।

अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै ओरालो लागेको थियो । तर, अहिले पुन उकालो लाग्न पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाइ छ।

प्रकाशित मिति: Jan 27, 2020

प्रतिक्रिया दिनुहोस्