Logo
४ आश्विन २०८१, शुक्रबार
(January 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा चोरको बिगबिगि

प्रदेस एक स्थित सुनसरीको दुहबी नगरपालिका वडा नम्वर ७ भलुवा गाउँका स्थानीय दिनेश कुमार विश्वासको खेतबाट बोरिङ गरेको हेबि पानि तान्ने मोटर चोरी भएको छ । पाइप काटेर चोरी गरेको उनले बताए । अघिपनि सोही गाउँबाट २ ओटा पानि तान्ने मोटर लगायत अन्य सामाग्री चोरी भएको र रातिराति चोर हरु गाउँमा आउने गरेकोले प्रहरीले राती राती गस्ती गर्नु पर्ने स्थानीयहरु
बताउछ्न ।

स्थानीय भिनुलाल बिश्वास र भोलाराम बिश्वासले आफू हरुको पानी तान्ने मोटर चोरी भएको बताए। गाउँमा दिउसै मोटरसाइकलमा संकास्पद ब्यक्तीहरु ओहोर दोहोर गर्दा धेरैको हास कुखुरा लगायत चोरी भएको स्थानीय सुजित माझीले बताए । पानी तान्ने मोटर लगायत समानहरु चोरी भए पछि कृषक मारमा परेको उनी हरु बताउँछन् । २ महिना अगाडी सो ठाउँमा एकजना कुखुरा ब्यापारी मोटरसाइकलमा आउदै गरेको अवस्थामा चोरहरुबाट लुटिएको दुहबी वडा नम्बर ७ का वडाध्यक्ष बिजय कुमार चौधरीले बताए । १ महिना अगाडी सोही गाउँको छिमेकी गाउँ सिमरबोनामा ममता चौधरीको
संकास्पद चोटिल अवस्थामा अचेत फेला परेको ४ दिन पछि
मृत्यु भएको थियो ।

दुहबीका अन्य ठाउँहरुमा समेत चोरहरुको बिगबिगि बढन थालेपछि सरकारि मोटरसाइकल चोरि देखि साईकल र अन्य समानको चोरि सम्मको घटना भएको थियो, जसमा प्रहरिकै सकृयतामा केहि मोटरसाईकल भेटेतापनि अरु गाडी हाल सम्म फेला नपरेको अवस्था छ । दुहबी नगरको विभिन्न स्थानमा पनि चोरीको घटना दिनदिनै बढने क्रममा रहे पछि नाका नाकामा सिसिटिभि क्यामेरा राख्नु पर्ने स्थानीयहरु बताउँछन्।

प्रकाशित मिति: Jan 22, 2020

प्रतिक्रिया दिनुहोस्