Logo
२७ बैशाख २०८१, बिहीबार
(January 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पश्चिमी न्युन चापीय वायुको प्रभाव कम भएपछि आजबाट मौसममा पूर्ण सुधार

पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजबाट पूर्ण सुधार हुने बताइएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कम भएपछि आजबाट मौसममा सुधार आउनेछ ।

हाल देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ र उपत्यका तथा तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ९ डिग्री र अधिकतम १६ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव १ डिग्री सेल्सियसमा झरेको छ ।

आज देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशको पूर्वी भू-भाग लगायत मध्य तथा पीश्चमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने औँल्याएको छ ।

आज देशभर आंसिकदेखि सामान्य बदली रही पहाडी तथा तराई भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् विभूति पौखरेले बताए ।

उनका अनुसार भोलि पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

मङ्गलबार पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्र्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: Jan 19, 2020

प्रतिक्रिया दिनुहोस्