Logo
१८ बैशाख २०८१, मंगलबार
(January 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठेखोलामा अध्यक्षकप भलिबल एवं साङ्गीतिक प्रतियोगिता हुने

भलिबल खेलको विकास र खेलाडी उत्पादनको लक्ष्यसहित काठेखोला गाउँपालिकामा अध्यक्षकप भलिबल प्रतियोगिता हुने भएको छ । यही माघ १५ देखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र पारिएको गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा गाउँपालिकाभित्रका प्रत्येक वडाबाट बढीमा दुई समूहले सहभागिता जनाउने छन् । गाउँपालिकामा आठ वडा छन् ।

प्रतियोगिताको विजेताले नगद रु एक लाख ३२ हजार र उपविजेताले रु ८० हजार पुरस्कार पाउने गाउँपालिकाका अध्यक्ष अमर थापाले जानकारी दिए ।

“राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनसँगै खेलाडी पहिचानका लागि प्रतियोगिता राखिएको हो”, उनले भने । गाउँपालिकाले भलिबलसँगै साङ्गीतिक प्रतियोगताका लागि चालु आर्थिक वर्षमा रु १५ लाख बजेट छुट्टाएको थियो ।

प्रतियोगिता गाउँपालिकाको वडा नं ३ धम्जामा हुने जनाइएको छ ।सोही अवसरमा गायन प्रतियोगिता काठेखोला लोकतारा-२०७६ समेत आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

उक्त प्रतियोगितामा प्रथम हुनेले रु ३० हजार, ‘फस्ट रनरअप’ले रु २० हजार, ‘सेकेण्ड रनरअप’ले रु १० हजार र सान्त्वना हुनेले रु २५ सय पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

यस्तै साहित्यको लोकप्रिय विधा गजलको पनि प्रतियोगिता राखिएको छ । गजलमा प्रथम हुनेलाई रु १० हजार, द्धितीयलाई रु सात हजार र तृतीय हुनेलाई रु पाँच हजारको पुरस्कार व्यवस्था गरिएको छ ।

सोही अवसरमा आयोजित सोरठी गीत प्रतियोगितामा प्रथम हुनेले रु ३० हजार, द्धितीय हुनेले रु २० हजार र तृतीयले रु १० हजार पुरस्कार पाउने गाउँपालिकाले जनाएको छ ।

कक्षा १० सम्मका विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगितासमेत आयोजना गरिएको छ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु १० हजार, द्धितीय हुनेलाई रु सात हजार र तृतीय हुनेलाई रु पाँच हजार पुरस्कारको प्रदान गरिने छ ।

प्रकाशित मिति: Jan 19, 2020

प्रतिक्रिया दिनुहोस्