Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालले चिनियाँ बाटो हुँदै तेस्रो मुलुकसँग व्यापार गर्ने बाटोे खुल्यो

काठमाडौं : नेपालले चिनियाँ बाटो हुँदै तेस्रो मुलुकसँग व्यापार गर्ने बाटो खुल्ला भएको छ ।

नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएपछि अब नेपालले चीनका चार सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुल्ला भएको हो ।

वाणिज्य सचिव डा.सचिव बैकुण्ठ अर्यालले दिएको जानकारीअनुसार चीनको लियन्युंगा, सेन्जेन, तियान्जिन र झ्याङजियाङ गरी चार सामुद्रिक बन्दरगाह तथा लन्जाओ, ल्हासा र सिगात्से गरी तीन सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्न सक्नेछ ।

यस्तै, नेपालमा दर्ता भएका सवारी साधन अनुमति लिएर सिगात्सेसम्म जानसक्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।

यस्तै रसुवा र तातोपानी नाकासहितका ६ नाका व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न पनि बाटो खुलेको छ ।
हुम्लाको यारी सुंखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाकाबाट नेपालले चीनसंग ब्यापार गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Jan 12, 2020

प्रतिक्रिया दिनुहोस्