Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. युवराज खतिवडा राष्ट्रपति मार्फत राष्ट्रियसभा सांसद बन्दै, अर्थमन्त्री कायम रहने

सरकारको अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडा नै कायम रहने भएको छ । यसअघि राष्ट्रियसभा उनी राष्ट्रपति मार्फत मनोनित भएका सदस्य हुन् ।

तर केहि दिनपछि उनको कार्याकाल समाप्त हुँदैछ भने पुनः उनलाई राष्ट्रपति मार्फत नै मनोनित गराउने तयारीमा प्रधानमन्त्री केपि शर्मा ओली रहेको बुझिएको छ ।

सेयर बजारमा भने उनको बारेमा बिभिन्न खालको हल्ला रहेको छ । उनी मन्त्री पदबाट हट्दैछन् भन्दै बढेको हल्लाले सेयर बजारमा उच्च बृद्धि समेत भएको छ ।

तर राष्ट्रिय सभा सदस्यमा खतिवडा पुनः नियुक्त हुन लागिएको श्रोतको दावी छ । सदस्य नरहेपनि आगमी २० भदौ सम्म उनी नै मन्त्री रहने देखिन्छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभाका सदस्यका उम्मेदवार सुचिमा डा. खतिवडाको नाम नराखेपछि उनको बारेमा बिभिन्न चर्चा फैलिएको हो ।

खतिवडा राष्टपतिबाट मनोनित भएर राष्ट्रिय सभा सद्स्य बनेका हुन् । राष्ट्रपतिबाट मनोनित तीनजनामध्ये खतिवडाको कार्यकाल फाल्गुमा सकिदै छ ।

खतिवडालाई पुनः निरन्तरता दिने सम्बन्धमा अधिल्लो सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओलीले आफ्नो धारणा राखिसकेपछि अर्थमन्त्रीमा खतिवडाले नै निरन्तरता पाउने बल पुगेको हो ।

समाचार स्रोतले बताए अनुसार ओलीले खतिवडालाई आगामी बर्षको बजेट निमार्णको तयारीमा जुट्न समेत निर्देशन दिईसकेका छन् । उनको निर्देशन बमोजिम खतिवडा बजेट निमार्णको गृहकार्यमा जुटेको समेत स्रोतकोे दाबी छ ।

सरकारले गरेका काम कारबाहीका बिषयमा तथ्याङकसहित बलियो रुपमा बचाउ गर्ने खतिवडा यतिखेर प्रधानमन्त्रीका पहिलो रोजाईको मन्त्री समेत रहेको देखिन्छ ।

प्रधानमन्त्रीका तर्फबाट अन्तराष्ट्रिय दाताहरुसंग समेत खतिवडाले आफै वार्ता गर्दे आएका छन् । विकास साझेदारसंग राष्ट्रिहितको विषयमा कडा र स्पष्ट अडान लिन सक्ने अर्थमन्त्रीको छवि खतिवडाले बनाएका छन् ।

प्रकाशित मिति: Jan 10, 2020

प्रतिक्रिया दिनुहोस्