Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैदेशिक रोजगारीलाई विस्थापित गर्नेगरी सहकारी रोजगारीको अभियानमा लाग्नुपर्छ : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताएकी छन्।

राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २७ औं वार्षिक साधारणसभालाई बिहीबार ललितपुरमा सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारी विकासको दिशातर्फ जानुपर्ने बताइन्।

सहकारीसँग पूँजी र जनशक्ति दुवै भएकाले उद्मशिलतामा जान सम्भव हुने उनको भनाइ थियो। त्यसबाट रोजगारी सिर्जना गरेर वैदेशिक रोजगारीमा जाने ठूलो संख्यालाई स्वदेशमै रोक्न सकिने उनको विश्वास छ।

राज्यले सहकारीलाई तीन खम्बे अर्थनीति अन्तर्गत समेटेको भन्दै उनले एक सहकारी एक रोजगारी अनिवार्य रुपमा लागू गरेर जानुपर्ने बताइन्।

सहकारी अभियानले सहकारीलाई रोजगारीको थलो बनाउनुपर्ने भन्दै मन्त्री अर्यालले त्यसको एकमात्र बाटो भनेको उद्मशिलता भएको बताइन्। ‘ वैदेशिक रोजगारीलाई विस्थापित गर्नेगरी सहकारी रोजगारीको अभियानमा लाग्नुपर्छ’, उनले भनिन्।

सहकारीमा उद्मशीलता नारा बनाएर जान सुझाब दिँदै मन्त्री अर्यालले भूगोलमा काम शुरू गरिहाल्न आग्रह गरिन्। राष्ट्रिय अर्थतन्त्र निमार्णमा सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै उनले एउटा नतिजा दिनेगरी सहकारी अगाडि बढ्नुपर्ने बताइन्।

प्रकाशित मिति: Jan 9, 2020

प्रतिक्रिया दिनुहोस्