Logo
५ जेष्ठ २०८१, शनिबार
(January 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इरानी मिसाइल हमलाले अमेरिकी सैनिकलाई नोक्सान पुर्याएको छैन : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इराकको सैनिक अड्डामा इरानी मिसाइल हमलाले कुनै अमेरिकी सैनिकलाई नोक्सान नर्पुयाएको बताएका छन्। उनले मिसाइलबाट क्षति न्यून भएको दावी गरेका छन्।

इरानले अमेरिकी हवाई हमलामा इरानी सैन्य कमाण्डर जेनरल कासिम सुलेमानीको मृत्युको बदला लिन इराकको अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार गरेको थियो। ट्रमका अनुसार यस आक्रमणबाट कुनै अमेरिकी वा इराकी सेना मारिएका छैनन्। इरानले यी आक्रमणमा कुनै पनि अमेरिकी सैनिकलाई जानीजानी मार्न नचाहेको हो कि भन्ने बहस चलिरहेको छ।

अमेरिकी सरकारी स्रोतले रोयटर्सको समाचार एजेन्सीलाई जानकारी दिएअनुसार उनीहरु विश्वस्त छन् कि इरानले जानाजानी यस्तो आक्रमण गर्याे तर आक्रमणमा कुनै पनि अमेरिकी सैनिक मारिएनन्। इराकमा अमेरिकी सैनिक अड्डामा इरानी आक्रमणको विवरण दिँदै ट्रम्पले भने, ’मलाई कुनै पनि अमेरिकी सैनिक मारिएन भन्ने खबर दिन पाउँदा खुशी लागेको छ । सैन्य शिविरमा सामान्य क्षति मात्र पुगेको छ।’

उनका अनुसार इरान अहिलेको मौजूदा संकट नियन्त्रणबाट बाहिरिन चाहदैन इरानले जानाजानी यस्तो क्षेप्यास्त्र प्रयोग गरेको हो वा उनीहरुसँग क्षेप्यास्त्रको अभाव छ कि छैन भन्ने कुरा स्पष्ट छैन् । तर, स्ट्यालाइट छविहरुले स्पष्ट दखाउँछ कि अमेरिकी सैनिक शिविरका धेरैजसो भवनमा क्षति पुगेको छ। त्यसैले यदि केही क्षति भएन भने यो कुनै रणनीतिको हिस्सा हुनसक्छ वा यो संयोग मात्र हो।

ट्रम्पले इरानलाई सम्बोधन गर्दै भनेका छन्, ’इरानले आफ्नो आणविक इच्छा र आतंककारीको समर्थन समाप्त गर्नुपर्छ।’ ट्रम्पले रसिया, चीन, फ्रान्स र जर्मनीलाई इरानसँगको आणविक सम्झौता अन्त्य गर्न आग्रह गरेका छन् । उनले भने,’ मध्यपूर्वमा अमेरिका तेलको पछिमा छैन । अमेरिका विश्वमा तेल उत्पादन गर्ने सबैभन्दा ठूलो देश हो । अमेरिका आर्थिक र सैन्यरुपमा स्थिर छ,’ उनले भने ।

ट्रम्पले सैन्य शक्तिको प्रयोगलाई अस्वीकार गर्दै भने, ’अमेरिका विश्वको सबैभन्दा ठूलो सैन्य शक्ति हो । तर, यसको मतलब हामीले त्यसलाई प्रयोग गर्नु हुँदैन भनेको होइन। हामी तिनीहरुको प्रयोग गर्न चाहँदैनौं।’

सुलेमानीको विषयमा ट्रम्पले भनेका छन्, ’उनलाई धेरै पहिले मार्नु पर्थ्यो । सुलेमानीले हिजबुलाल्हलगायतका आतकंकारीलाई प्रशिक्षण दिए, धेरै क्षेत्रमा युद्ध गराए र अमेरिकी दूतावासमा पनि हमला गराए । सुलेमानी अमेरिकाको विरुद्धमा नयाँ हमला गर्ने तयारीमा थिए।यसकारण उनलाई मारियो।’

प्रकाशित मिति: Jan 9, 2020

प्रतिक्रिया दिनुहोस्