Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्पादनमूलक क्षेत्रमा लगानी गर्न बेलायती राजदूत निकोललाई परिसंघका अध्यक्षको आग्रह

नेपाल उद्योग परिसंघले नेपालको सबैभन्दा पुरानो दौत्य सम्बन्ध काम भएको मुलुक बेलायतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गरेको छ ।

बुधबार नेपालका लागि बेलायती राजदूत निकोल पोलिट र परिसंघका पदाधिकारीबीचको भेटवार्तामा बेलायतले वित्तीय सेवा, ठूला पूर्वाधार तथा पर्यटनका क्षेत्रमा लगानीका सम्भावना रहेकोतर्फ परिसंघका अध्यक्ष सतिशकुमार मोरले निकोल पोलिटको ध्यानाकर्षण गराएका हुन् ।

भेटमा अध्यक्ष मोरले नेपाल र बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउँदै आर्थिक तथा व्यापारिक र लगानी विस्तारमा केन्द्रित गर्नुपर्ने समय आएको बताए बेलायतले नेपालको आर्थिक तथा निजी क्षेत्रको विकासका लागि गरिरहेको योगदानको चर्चा गर्दै अध्यक्ष मोरले यसलाई थप विस्तार गर्न सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको जानकारी गराए ।

सो अवसरमा राजदूत पोलिटले बेलायत र नेपालको ऐतिहासिक सम्बन्धलाई आर्थिक अवसरमा बदल्न सबैखाले लगानीका लागि उचित वातावरण तयार गर्नु आफ्नो प्राथमिकतामा रहेको बताए ।

लगानी वातावरणमा देखिएका समस्या सुधारमा सहकार्य अघि बढाउने प्रतिबद्धता पनि राजदूत पोलिटले उल्लेख गरे ।

भेटवार्तामा परिसंघको अन्तर्रा्ष्ट्रिय समितिका संयोजक राजबहादुर शाहले नेपालको राजनीतिक अवस्थामा आएको सुधारले लगानीको वातावरण बन्दै गएकाले यसको उपयोग गर्न बेलायती लगानीकर्ताहरूलाई प्रेरित गर्न पनि राजदूत पोलिट समक्ष आग्रह गरे ।

ऊर्जा र अन्य पूर्वाधार परियोजना तथा नयाँ स्टार्टअप व्यापारमासमेत बेलायती लगानीकर्ताका लागि उपयुक्त समय आएको शाहले उल्लेख गरे ।

प्रकाशित मिति: Jan 9, 2020

प्रतिक्रिया दिनुहोस्