Logo
५ जेष्ठ २०८१, शनिबार
(January 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशी दूतावासहरुलाई टार्गेट गर्दै इराकको बगदादमा २४ घण्टाभित्र दोस्रो रकेट हमला

द्वन्द्वग्रस्त देश इराकको बगदादमा २४ घण्टाभित्र दोस्रो रकेट हमला भएको छ । रिपोर्टका अनुसार यसपटक दुई मिसाइल उच्च सुरक्षा भएको ग्रीन जोनमा खसेको छ ।

यो स्थानमा थुप्रै विदेशी दूतावास छन् । दुई ठूला धमाकापछि पूरा ग्रिन जोनमा सुरक्षा अलार्म बज्न थाल्यो । कुनै पनि संगठनले अहिलेसम्म हमलाको जिम्मेवारी लिएको छैन ।

यद्यपि, अमेरिकी अधिकारीले भने यसको पछाडि इराकमा रहेको इरान समर्थित शिया विद्रोही संगठन ‘हाशेद’ माथि शंका जताएको छ ।

इरान समर्थित संगठन पिएमएफका प्रवक्ताका अनुसार हमलामा उनका पाँच सिपाहीको मृत्यु भएको छ । संगठनले सुरुमा हमलाका लागि इजराइलमाथि शंका जताएको थियो ।

पिएमएफ शिया लडाकूको एउटा गुट हो । यो आधिकारिक रुपमा इराकी सुरक्षाबलमा समावेश छ । रकेट हमलामा मारिएका मुहंदिस यो संगठनका उप–प्रमुख थिए ।

इराकमा अमेरिकी सेनाविरुद्ध गएकोमा ट्रम्प प्रशासनले उनीहरुलाई ब्ल्याकलिस्ट गरेको थियो ।
इराकमा इरान समर्थित संगठनलाई निशाना बनाइरहेको थियो अमेरिकाः

अमेरिकाले आजकाल इराकमा इरान समर्थित कतैब हिज्बुल्ला विद्रोहीलाई निशाना बनाइरहेको छ । दुई हप्ता अघि अमेरिकी एयरस्ट्राइकमा यी संगठनका २५ लडाकू मारिए ।

अमेरिकाका अनुसार उसले यो हमला इराकमा अमेरिकी ठेकेदारको मृत्युको बदला लिनका लागि गरेको थियो । कतैब हिज्बुल्लाका नेताले हमलाका लागि अमेरिकालाई परिणाम भोग्नका लागि चेतावनी दिएका थिए ।

इरानको हमलामा अमेरिकालाई भएन कुनै क्षती
एकदिन अघि मात्रै इरानले इराकमा रहेका दुई अमेरिकी सैन्य बेसमा २२ मिसाइल दागेको थियो ।

इरानले अनबर प्रान्तमा ऐन अल–असद एयर बेस र इरबिलको एक ग्रीन जोनमाथि हमलामा अमेरिकाका ८० सैनिक मारिए ।

यद्यपि, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो दाबीलाई झुटो बताएका छन् । न्यूज एजेन्सी रोयटर्सले यससँग सम्बन्धित केही सेटलाइट फोटो जारी गरेको छ ।

इरानले अमेरिकी एयरबेसमा दागेको मिसाइलले सात भवनमा क्षती पुगेको देखिएको छ ।

प्रकाशित मिति: Jan 9, 2020

प्रतिक्रिया दिनुहोस्