Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमै पहिलोपटक इटहरीमा ’स्मार्ट पार्किङ’ बन्दै, साढे ४ महिनामा निर्माण सम्पन्न

नेपालमै पहिलोपटक इटहरीमा स्मार्ट पार्किङ निर्माण हुने भएको छ । इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेका अनुसार अबको साढे चार महिनाभित्रमा स्मार्ट पार्किङ निर्माण सम्पन्न भएर सञ्चालनमा आउनेछ ।

उपमहानगरले वडा नं. ४ टयाङ्ग्रा खोला उत्तर(पूर्वमा रहेको दुई कट्ठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ निर्माण गर्न लागेको हो ।

त्यहाँ सय वटा हलुका सवारीसाधन पार्क गर्न सकिनेछ । उपमहानगरको पहलमा सङ्घीय सरकारले समपूरक अनुदानमार्फत ५ करोड २० लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।

करिब १० करोड रुपैयाँ लागतमा स्मार्ट पार्किङ निर्माण हुने उपमहानगरले जनाएको छ । निर्माण कम्पनीका लागि सूचना गर्ने प्रक्रिया सुरु भइसकेको छ ।

सवारीधनीले त्यहाँ पार्क गराउन ल्याएपछि सफ्टवेयरले १ मिनेटमै खाली भएको ठाउँमा पठाउनेछ ।

सवारी पार्किङबाट निकाल्दा पुनः १ मिनेटमा नै पहिला भएको ठाउँमा ल्याइदिनेछ। यो प्रविधि सबै अटोमेटिक (स्वचालित) हुनेछ ।

इन्जिनियर घिमिरेका अनुसार उक्त ठाउँमा सवारीसाधन वासिङ गर्ने स्मार्ट वास र कफी सपको पनि व्यवस्था हुनेछ ।

सवारी पार्क गरिसकेपछि सम्बन्धित ठाउँमा पुग्ने सवारीसाधनको व्यवस्था मिलाउने विषयमा पनि छलफल भइरहेको इन्जिनियर घिमिरेले बताए ।

इटहरीमा बढ्दो सवारी पार्क गर्ने समस्यालाई नेपालमै पहिलोपटक बन्न लागेको यो स्मार्ट पार्किङले समाधान गर्ने उपमहानगरको अपेक्षा छ ।

प्रकाशित मिति: Jan 9, 2020

प्रतिक्रिया दिनुहोस्