Logo
५ जेष्ठ २०८१, शनिबार
(January 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इरान-अमेरिका युद्धको प्रभाव : कच्चा तेलको मूल्यमा भारी वृद्धि

इरान-अमेरिकाबीच हुन लागेको युद्धको असर कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ ।

इराकमा रहेका अमेरिकी सैनिकहरूका दुईवटा अखाडामा बलिस्टिक क्षेप्यास्त्र प्रहार भएको घटनापछि कच्चा तेलको मूल्यमा वृद्धि भएको हो ।

एशियाली कारोबारको मध्यमा ब्रेन्ट क्रुड भनिने अन्तर्राष्ट्रिय मापदण्डको तेलको मूल्यमा १.४% ले वृद्धि भइ प्रति ब्यारेल ६९.२१ डलर पुगेको छ ।

सुन तथा जापानी मुद्रा येन जस्ता सुरक्षित लगानी मानिने बस्तुको मूल्यपनि हमलाको समाचारपछि बढेको छ । तर मध्यपूर्वमा द्वन्द्व चर्कने चिन्ता बढिरहँदा विश्वव्यापी शेअर मूल्यमा भने कमी देखिएको छ।

जापानको बेञ्चमार्क निक्केई २२५ स्टकको सूचकांक १.३% ले घटेको छ भने हंगकंगमा हांगसेंग ०.८ प्रतिशतले खस्केको छ ।

इरानको सरकारी टेलिभिजनका अनुसार  एकजना वरिष्ठ कमाण्डर कासिम सुलेमानीको हत्याको बदलामा ती हमलाहरू गरिएका हुन् ।

गत शुक्रवार अमेरिकी ड्रोन हमलामा मारिएका सुलेमानीको मंगलवार अन्तिम संस्कार सम्पन्न भएको केही घण्टापछि नै ती आक्रमणहरू गरिएका छन् ।

उनको मृत्युपछि नै अमेरिका र इरानबीचको द्वन्द्व थप खराब अवस्थामा पुग्नसक्ने भनी चिन्ता व्यक्त भएका थिए ।

त्यस्तो द्वन्द्व बढेमा संसारको सबैभन्दा व्यस्त मानिने होर्मुजको समुद्री मार्गमा जहाजबाट गरिने परिवहन प्रणालीमा अवरोध पुग्न सक्ने बिबिसीले जनाएको छ  ।
खाडीलाई अरब सागरसँग जोड्ने उक्त जलमार्ग भएर संसारको तेल आपूर्तिको पाँच भाग मध्ये एक भाग ओसारपसार हुने गर्दछ ।

प्रकाशित मिति: Jan 8, 2020

प्रतिक्रिया दिनुहोस्