Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७ विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारको कार्यकक्षमा ४-४ वटा ताला

पूर्वाञ्चल विश्वविद्यालयले शनिवार आफ्नै परिसारमा प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई प्रमुख अतिथि बनाएर २६ औं वर्षगाँठ मनाइरहँदा उपकुलपति र रजिष्ट्रारको कार्यकक्षमा ४र४ वटा ताला झुन्डिरहेका थिए ।

ती ताला ६ महिनाअघि विभिन्न विद्यार्थी संगठनले लगाएका हुन् ।यो विश्वविद्यालय ४ महिनादेखि उपकूलपतिविहिन हुँदा कामचलाउको भरमा छ ।

तर कार्यक्रमका प्रमुख अतिथिलगायतले उपकूलपतिबिहिनता र तालाबन्दीबारे केही उल्लेख नगरी आफ्नो ‘प्रवचन’मात्रै सुनाए ।नेपाल विद्यार्थी संघले ५ सूत्रीय मागसहितको विज्ञप्ति टाँसेर गत असार ९ मा पूर्वाञ्चल विश्वविद्यालयका उपकूलपति र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jan 5, 2020

प्रतिक्रिया दिनुहोस्