Logo
२० बैशाख २०८१, बिहीबार
(January 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनी उद्योगीले किसानकाे रकम तिर्न थाले, अन्नपूर्ण चिनी मिलद्वारा ५० लाख भुक्तानी

चिनी उद्योगीले किसानकाे रकम तिर्न थालेका छन । अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवालले बिहीबार र शुक्रबार गरी उखु किसानको ५० लाख रुपैयाँ भुक्तानी दिएको उद्योग वाणिज्य तथा अपूर्ति मन्त्रालयलाई जानकारी गराएका हुन ।

मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईका अनुसार उनले मन्त्रालयमा पुस २५ भित्र ५ करोड र माघको पहिलो सातामा १२ करोड तथा माघ भरीमा पूरै भुक्तानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

अन्नपूर्ण चिनी मिलले मात्रै किसानको ४२ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ।

प्रकाशित मिति: Jan 3, 2020

प्रतिक्रिया दिनुहोस्