Logo
२२ बैशाख २०८१, शनिबार
(January 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ए डिभिजन लिग : विभागीय टोली पुलिसले सङ्कटा क्लबलाई २-१ गोल अन्तरले पराजित

नेपाल पुलिस क्लबले सङ्कटा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो जित दर्ता गराएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा विभागीय टोली पुलिसले सङ्कटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै लिगमा दोस्रो जित दर्ता गराएको हो ।

जितसँगै पुलिसले ४ खेलमा ७ अङ्क जोड्दै अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

पुलिसको जितमा दुवै गोल सुमन लामाले गरे । खेलको १५औँ मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए ।

त्यस्तै खेलको १८औँ मिनेटमा सङ्कटाका अमित तामाङले एक गोल फर्काउँदै खेललाई एक/एक गोलको बराबरीमा ल्याए ।

उनले पेनाल्टीमार्फत गोल गराएका थिए । पुलिसका डिफेन्डरले डिबक्स एरियाभित्र ह्याण्ड गरेपछि सङ्कटाले पेनाल्टी पाएको थियो ।

खेलमा एक एक गोलको बराबरी भने लामो समयसम्म टिक्न सकेन । खेलको ३३ औँ मिनेटमा सौजन राईको पासमा पुलिसका सुमनले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २-१ को जित दिलाए ।

खेलमा सुमन लामा म्यान अफ दि म्याच घोषित भए । पराजित सङ्कटाले चार खेलमा चार अङ्क जोडेको छ । सङ्कटा अङ्क तालिकाको दशौँ स्थानमा छ ।

प्रकाशित मिति: Jan 1, 2020

प्रतिक्रिया दिनुहोस्