Logo
२२ बैशाख २०८१, शनिबार
(January 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थप अधिकार सहित नयाँ भारतीय राजदूत आउँदै, अखिलेश मिश्र, जावेद असरफ, रवीश कुमारको चर्चा

भारतीय नाकाबन्दीको नाममा रापतापका साथ नेपालमा राष्ट्रवाद जारी रहेका बेला भारतीय राजदूत बनेर आएका मन्जीवसिंह पुरीको कार्यकाल पुरा भएको छ ।

अखिलेश मिश्र

राजनीतीक अधिकारमा कटौती हुँदै पाएका अधिकार सहित नेपाल आएका पुरीको कार्यकाल नेपालमा पुर्णरुपमा विवादरहितरहेको विश्लेषण भइरहेको छ ।

अब नयाँ भारतीय राजदूत को ओउनेछन् त ? त्यसबारे प्राय:को चासो रहेको छ । नेपालमा भारतले पठाउने नयाँ राजदूत अझै तय भएको भने छैन ।

यद्यपी भारतीय विदेश मन्त्रालयको श्रोतका अनुसार अब आउने राजदूतलाई पुर्णरुपमा राजनीतिक अधिकार पनि हुनेछ ।

दोस्रो कार्यकालको एक्सनमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले भारतीय जनता पार्टी निकट कर्मचारीलाई थप अधिकार सहित नयाँ राजदूतको रुपमा पठाउन लागिएको श्रोतको दावी छ ।

सिंगापुरका लागि वर्तमान राजदूत जावेद असरफ

पुरी अघि रहेका राजदूत रन्जित रे भारतीय कांग्रेस निकट रहेको र नेपालमा मोदी सरकारलाई अलोकप्रिय बनाउन भूमीका खेलेको आरोप लागेको थियो ।

जसकारण पुरीलाई भने राजनीतिक अधिकार दिइएको थिएन । केहि महिना अघि काठमाण्डौं आएका भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले ‘राजूतलाई राजनीतिक अधिकार दिइएकै कारण यसअघि प्रधानमन्त्री मोदीलाई अलोकप्रिय बनाउने कार्य भएको’ बताएका थिए ।

नवनियुक्त विदेशसचिव हर्षवद्र्धन श्रींगला दिल्ली फर्केपछि भारतले अमेरिकाका लागि राजदूत तय गरेपछि मात्रै नेपालको तय हुने जानकारहरू बताउँछन् ।

विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमार

भारतीय विदेश मन्त्रालय स्थित एक अधिकारीले भने ‘विदेशसचिवले पहिला अमेरिका पठाउने राजदूत तय गर्छन् । साउथ ब्लकमा आफ्नो टिम व्यवस्थापन गर्छन् । त्यसपछि मात्रै नेपाल पठाउने राजदूत तय होला ।’

उनले भने ‘तर यसपटकको राजदूत निकै अधिकार सम्पन्न हुनेछन् प्रधानमन्त्री मोदीले समेत यसबारे चासो राखेका छन् ।,

नेपालको सम्बन्धमा केहि उतारचढाव आएकाले पनि अनुभवित र अधिकारसम्पन्न राजदूत पठाउने सोचमा विदेश मन्त्री समेत रहेका छन् ।’

नयाँ राजदूतका रूपमा मालदिभ्सका पूर्वराजदूत अखिलेश मिश्र, सिंगापुरका लागि वर्तमान राजदूत जावेद असरफ, विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमार, प्रधानमन्त्री कार्यालयमा कार्यरत सहसचिव गोपाल बागले, साउथ ब्लकमा आर्थिक मामिला हेर्ने सचिव टिएस तिरुमूर्तिलगायतको नाम चर्चामा रहेको छ ।

टिएस तिरुमूर्ति

 

प्रकाशित मिति: Jan 1, 2020

प्रतिक्रिया दिनुहोस्