Logo
२२ बैशाख २०८१, शनिबार
(December 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फुटबल : जावलाखेलले च्यासललाई २-० गोल अन्तरले पराजित

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भएको खेलमा जावलाखेलले च्यासललाई २-० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

जीतसँगै जावलाखेल लिगको तेस्रो स्थानमा उक्लिएको छ । जावलाखेलले चार खेलमा ८ अङ्क जोडेको छ ।

जावलाखेलको जीतमा रुपबहादुर लामा र विजय घलानले एक-एक गोल गरे । दुवै गोल खेलको दोस्रो हाफमा भएको थियो । त्यसअघि खेलको पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेको थियो ।

खेलको ८०औँ मिनेटमा रुपबहादुरले गोल गर्दै जावलाखेललाई पहिलो अग्रता दिलाए । त्यसको दुई मिनेटपछि विजय घलानले एक गोल गर्दै जावलाखेललाई २-० को जीत दिलाए ।

पराजित च्यासलले चार खेलमा ४ अङ्क जोड्दै अङ्क तालिकाको आठौँ स्थानमा छ ।

प्रकाशित मिति: Dec 31, 2019

प्रतिक्रिया दिनुहोस्