Logo
२२ बैशाख २०८१, शनिबार
(December 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालसँगै सीमा जोडिएको उत्तर प्रदेशमा हिंसक प्रदर्शन : कयौँको मृत्यु, इन्टरनेट बन्द

नागरिकता संशोधन कानुनलाई लिएर हिंसा भड्किएपछि नेपालसँगै सीमा जोडिएको भारतको उत्तर प्रदेश राज्यका ७५ मध्ये २१ जिल्लामा इन्टरनेट बन्द गरिएको छ ।

उत्तर प्रदेश सरकारले शुक्रवार हुने जुमे की नमाजलाई बिचार गर्दै त्यहाँका २१ जिल्लामा इन्टरनेट सेवा पूरै बन्द गरिदिएको हो । उत्तर प्रदेश प्रहरीका डीजीपी ओपी सिंहका अनुसार राज्यका २१ जिल्लामा शुक्रवार दिनभरि इन्टरनेट सेवा ठप्प पारिएको छ ।

’राज्यमा कानुन व्यवस्था पूर्णरुपमा नियन्त्रणमा छ । हामी सुरक्षाबलको की रणनीतिक तैनाथीमा लगातार लागिरहेका छौँ । एसआईटीको टिम विभिन्न समस्याको जाँचमा लागेको छ ।

हामीले २१ जिल्लामा इन्टरनेट सेवा रोकेका छौँ । परिस्थिति सामान्य भएपछि इन्टरनेट सेवा फर्किनेछ ।’ नागरिकता संशोधन कानुनको विरोधमा सबैभन्दा हिंसक प्रदर्शन उत्तर प्रदेशमा भइरहेको छ ।

यहाँ प्रदर्शनका क्रममा कयौँ मानिसको ज्यान गइसकेको छ । इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार बितेका साता प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा १६ जना मारिएका छन् । जसमा १४ जनालाई प्रहरीको गोली लागेको छ ।

प्रकाशित मिति: Dec 27, 2019

प्रतिक्रिया दिनुहोस्