Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इटालियन सिरी ‘ए’ फुटबल : इन्टर शीर्ष स्थानमा, जिनोआ ४-० अन्तरले पराजित

 इटालियन सिरी ‘ए’ अन्तर्गतको फुटबल खेलमा इन्टर मिलानले सहज जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा इन्टरले जिनोआलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टरलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे । यस्तै रोबर्टो गाग्लीआर्डिनी र सेबास्टीयानो एस्पोसिटोले समान एक एक गोल गरे ।

जितसँगै इन्टर लिगको शीर्ष स्थानमा उक्लिएको छ । १७ खेलमा ४२ अंक जोडेको इन्टरले युभेन्ट्सलाई पछि पारेको हो ।

जिनोआ ११ अंक जोडेर लिगको पुछारमा रहेको छ ।

प्रकाशित मिति: Dec 22, 2019

प्रतिक्रिया दिनुहोस्