Logo
२५ बैशाख २०८१, मंगलबार
(December 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भूकम्प प्रतिरोधात्मक २२ तले नयाँ धरहरा निमार्ण कार्य तीब्र गतिमा, दैनिक ३५० जना खटिए

वि.सं. २०७२ वैशाखको भूकम्पले भत्किएको धरहरा हाल निर्माण कार्य भैरहेको छ । पुरानो धरहरा भूकम्पप्रतिरोधी नभए पनि अब बन्ने धरहरा भूकम्प प्रतिरोधात्मक हुनेछ। माटो इँट्टाले पहिलो धरहरा बने पनि अहिले आधुनिक प्रविधिबाट बनिरहेको छ।

धरहरा निर्माण जिम्मा पाएको जीआई इटिसी रमन जेभीले यसको पूरा निर्माण आगामी वर्षको अक्टोबरभित्रै गरिसक्ने बताएको छ। सोहीअनुसार अहिले धरहरा निर्माणको काम तीव्र गतिमा भइरहेको हो। कम्पनीका अनुसार हाल दैनिक रुपमा ३ सय ५० जनाले उक्त परियोजनामा काम गरिरहेका छन्।

अहिले बन्न लागेको धरहरा २२ तल्लाको हो। यसमा दुईवटा लिफ्ट पनि समावेश हुनेछन्। जसको कारण बच्चादेखि बूढोसम्मको मान्छे चढ्नसक्ने सुविधा हुनेछ।यसको स्वरुप भने पहिलेको जस्तै हुनेछ। हरेक दुई तल्लामा कार्डोस्कोटिङ हुनेछ। झ्याल पनि पहिलेजस्तै हुने कम्पनीले जनाएको छ। सानो सानो र गोलो गोलो झ्याल हुने धरहरामा गजुर पनि पहिलेको जस्तै हुनेछ।

धरहरा निर्माणको लागि पुनर्निर्माण प्राधिकरण र निर्माण कमपनीबीच १३ सेप्टेम्बर २०१८मा सम्झौता भएको थियो। त्यो सम्झौताअनुसार दुई वर्ष्भित्र निर्माण गरिसक्नुपर्ने उल्लेख छ।सोहीअनुसार निर्माण सुरु तोकिएकै मितिमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठ बताए । उनले भने, ‘२०२० अक्टोबरभित्र धराहरा टावरको सम्पूर्ण काम सम्पन्न हुनेछ। अहिले सोहीअनुसार काम समेत भएको छ।’

सम्झौता भएको एक हप्तापछि काम सुरु भएको थियो। आजको स्थिति हेर्ने हो भने ३३ प्रतिशत भौतिक रुपमा काम सम्पन्न भएको २४ प्रतिशतचाहिँ फाइनान्स पक्षको काम सम्पन्न भएको छ ।

प्रकाशित मिति: Dec 20, 2019

प्रतिक्रिया दिनुहोस्