Logo
१६ बैशाख २०८१, आईतबार
(December 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहवीमा जनतासँग नगरप्रमुख कार्यक्रममा १८३६ जनाको निशुल्क आँखा जाँच, ४०६ जना आँखा रोगी लाभान्वित

प्रेम गिरी
२८, मंसिर
प्रदेश एक स्थित सुनसरीको दुहबीमा भएको जनतासग नगर प्रमुख कार्यक्रममा १८३६ जनाको निशुल्क आँखा जाँच, तथा ४०६ जना आँखा रोगी लाभान्वित भइ तत्कालै बिराटनगर आँखा अस्पताल उपचारकोलागि पठाइएको छ ।

दुहबी ५ स्थितमा बन्द रहेको लुनकरण दास गंगा देवी च्यारिटी अस्पतालमा भएको निशुल्क आँखा शिविरको समापन समारोहका प्रमुख अतिथि दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले दुहबीमा रहेको ६ ओटा स्वास्थ्य चौकीलाइ स्वास्थ्यको मापदण्ड अनुसार अत्याधुनिक स्वास्थ्य उपकरणको बर्थिङ सेन्टर (प्रशुती गृह) सहित स्वास्थ्य चौकीहरु मार्फत सुरक्षित मातृत्व र बच्चाकालागि मोवाइल एप्लीकेशन एपबाट १ हजार दिन सम्म नगरपालिकाको निगरानीमा राखिने जनाए । मेयर गच्छदारले दुहबीको सम्पूर्ण स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर (प्रशुती गृह) रहेको सुनसरीमै एकमात्र स्थानिय तह रहेको दाबी गर्दै अत्याधुनिक भिडीयोएक्सरे अल्ट्रासाउण्ड मेशिन सहितको सेवाकालागि कार्यपालिकाको बैठकबाट बजेट बिनियोजन गरिसकेकाले विपन्न वर्गकाहरुले प्रत्यक्ष लाभ पाउँने जनाए । मेयर गच्छदारले आँखा शिविरमा मात्रै न भएर अरु जुनसुकै वेलापनि नगरवासिहरुलाइ आफू मेयर रहुन्जेल मोतिया विन्दु, जल विन्दु तथा आँखामा मासु पलाएको निशुल्क शल्यक्रिया गराउने प्रतिबद्धता पुन दोहोर्याए । साथै मेयर गच्छदारले दुहबीका अन्य ६ वटा वडाहरुमा समेत स्वास्थ्य चौकीको भवन निर्माणको प्रकृया तथा सुरक्षित गर्भपतन सेवा यसै वर्षबाट सुरु हुँने समेत जनाए । फरक प्रसंगमा मेयर गच्छदारले दुहबीमा एसइइमा सि र डी ल्याउने विद्यार्थीहरुलाइ प्राविधिक शिक्षा दिएर दक्ष बनाइ स्वरोजगार बनाउँने जनाए ।

दुहबीमा ७ ओटा केन्द्रहरु बनाएर मंसिर ४ गते सुरु भएको आँखा शिविर २८ गते समापन भएको छ । सो शिविरमा मोतिया विन्दु, जल विन्दु तथा आँखामा मासु पलाएको रोगिहरुकालागि निशुल्क औषधी बितरण तथा निशुल्क शल्यक्रिया गरिने कार्यक्रम सन्चालक तथा दुहबी नगरपालिकाका स्वास्थ्य सह–संयोजक उचित नारायण साहले जानकारी दिए ।

दुहबी ५ का वडाध्यक्ष रमेश कुमार रौनीयारको अध्यक्षतामा भएको तथा रानी विराटनगर आँखा अस्पतालको सहकार्यमा शनिवार भएको आँखा शिविरको समापन समारोहमा दुहबीका वडाध्यक्षहरु,दुहबी नगर स्वास्थ प्रमुख बिन्देश्वर प्रसाद महतो,समाजसेवी,बुद्धिजिवी, संघ संस्थाका प्रतिनिधि सुरक्षा निकायका प्रमुख, स्वास्थ चौकिहरुका प्रमुखहरु, महिला स्वंय सेविकाहरु, प्रहरी लगायत वडावासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Dec 14, 2019

प्रतिक्रिया दिनुहोस्