Logo
१६ बैशाख २०८१, आईतबार
(December 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कावासोतीमा नेपाली सेना चढेको बस दुर्घटना, १७ जना घाइते

कावासोती : पूर्वी नवलपरासीको कावासोती(३ पुरानो कावासोती बजारमा नेपाली सेना चढेको बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी १७ जना सेना घाइते भएका छन् ।

सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको टोली सवार ना ६ ख ४०४ नम्बरको बस शनिबार बिहान ३ बजेतिर दुर्घटनामा परेको हो ।

नेपाली सेनामा भर्ना छनौट भएर थप तालिमका लागि काठमाडौं जाँदै गरेकाहरु दुर्घटनामा परेका हुन् । बस अनियन्त्रित भएर सडकबाट तल खसेको छ । बसमा ४० जना सवार थिए ।

दुर्घटनामा घाइते भएकोमध्ये २ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा प्रेमबहादुर खत्री र विरेन्द्र शाही छन् । उनीहरुलाई थप उपचारका लागि चितवन पठाइएको छ ।

अन्य घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: Dec 14, 2019

प्रतिक्रिया दिनुहोस्