Logo
१६ बैशाख २०८१, आईतबार
(December 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ : सुनसरीको दुहबीमा आगलागी, चौधरीको घर-टहरा जलेर नष्ट

प्रदेश एक स्थित सुनसरीको दुहबी वडा नम्बर ४ मुसहरी टोलमा आगलागी भएको छ । स्थानीय डुगुणी चौधरी (टेढु) को घरमा शुक्रबार राती करिब ११ बजेको समयमा आगलागी हुदा उनको घर-टहरा जलेर पुरै खरानी भएको छ।

आगलागीबाट चौधरीको हाडाभाडा, खाद्यान्न लगाएत सबै जलेर नस्ट भएको छ। उद्दार कार्यमा स्थानिय, दुहबी नगरपालिका को बारुण यन्त्र र इलाका प्रहरी कार्यलय दुहबी, शसस्त्र प्रहरी बल दुहबीको संयुक्त टोलीले आगलागी भएको केही समयमै घट्ना स्थल पुगि आगो नियन्त्रण गर्न सफल भएको थियो।

समयमै बारुण यन्त्र र प्रहरी पुगेकोले नजीकका अन्य घरहरु क्षती हुन पाएन।

प्रकाशित मिति: Dec 14, 2019

प्रतिक्रिया दिनुहोस्