Logo
१६ बैशाख २०८१, आईतबार
(December 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एपहरुको भिडमा नयाँ एप सार्वजनिक : ट्याक्सीमाण्डु सञ्चालनमा

पछिल्लो समय टेक्नोलोजीले फड्को मारेको छ । मानिसका हरेक काम टेक्नोलोजीले सहज बनाइदिएको छ । चाहे सपिङ गर्न होस् या अरु कुनै पनि कारोबार गर्न होस् विभिन्न एपहरुले त्यसलाई सजिलो गरिदिएको छ । त्यसको उदाहरणका रुपमा अनलाइन सपिङ र ईसेवालाई लिन सकिन्छ ।

पछिल्लो समय यात्रु्हरुको सहजताका लागि पनि विभिन्न एपहरु सञ्चालनमा आएका छन् । जसले मानिसको दैनिक यात्रालाई सहज बनाएको छ ।

यस्तै एपहरुको भिडमा एउटा नयाँ एप सार्वजनिक गरिएको छ, ट्याक्सीमाण्डु । ‘फील सेफ राइड अन टाइम’ स्लोगनकासाथ सञ्चालनमा ल्याइएको यो एप परम्परागत ट्याक्सी व्यवसायमा प्रविधिको प्रयोग गरी सहज रुपमा ट्याक्सी चालक र यात्रुबीच समन्वय गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो ।

यो एपले ग्राहक खोज्दै भौतारिनुपर्ने ट्याक्सी चालकहरुको समस्याको सामाधान हुने विश्वास गरिएको छ ।

त्यस्तै यात्रुहरुले पनि ट्याक्सी खोज्न सडकमै भौतारिनुपर्ने समस्याको यसले अन्त्य गर्नेछ । यात्रुहरुले अब आफूले चाहेको स्थानबाटै ट्याक्सी बुक गर्न सक्नेछन् ।

यसकालागि ट्याक्सी चालक र यात्रुहरुका लागि छुट्टा छुट्टै एप संचालनमा ल्याइएको छ । चालकले आफ्नो मोबाइलको गुगल प्ले स्टोर वा एप स्टोरमा गएर ट्याक्सीमाण्डु ड्राइभर र यात्रुले ट्याक्सीमाण्डु प्यासेन्जर नामक एप डाउनलोड गर्नु पर्नेछ ।

त्यस्तै भिजिट नेपाल २०२० का लागि पनि ट्याक्सीमाण्डु एपले पूर्णरुपमा सहयोग पुग्ने सञ्चालकले बताएका छन् ।

उपत्यका आउने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकले ट्याक्सीको प्रयोग गर्ने भएकाले त्यसका लागि ट्याक्सीमाण्डु भरपर्दो माध्यम बन्ने एपका सञ्चालक स्वीटी टि. खत्रीले जानकारी दिए ।

प्रकाशित मिति: Dec 13, 2019

प्रतिक्रिया दिनुहोस्