Logo
१७ बैशाख २०८१, सोमबार
(December 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा बस दुर्घटना, १३ जना घाइते

पूर्वी चितवनको भण्डारामा आज बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको बा३ख ८४९० नंको बस राप्ती नगरपालिका-६ हर्दीमा अनियन्त्रित भई पल्टिएको थियो ।

कार्यालयका अनुसार बस सडकबाट तल खेतमा झरेको थियो । बसमा २३ जना सवार थिए । अन्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

उनका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना बिहान ११ः१० बजे भएको हो ।

प्रकाशित मिति: Dec 13, 2019

प्रतिक्रिया दिनुहोस्