Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नि:शुल्क सेनिटरी प्याड वितरण पुसबाट, पहिलो कार्यक्रममा १३ हजार बालबालिका समावेस गरिने

काठमाडौँ : सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई प्याड वितरण गर्ने सरकारको योजना हाल आएर तीब्र रुपमा अघि बढेको छ ।

उक्त योजनालाई सरकारले ०७६-०७७ को जेठ १५ को बजेट भाषणबाट नै सार्वजनिक गरेको थियो ।

आ.व. सुरु भएको ५ महिनापछि शिक्षा मन्त्रालयले भने पुस महिनाभरमा प्याड वितरण कार्यक्रम सुरु गरिने बताएको छ ।

प्याड वितरणका लागि निर्देशिका नबन्दा प्याड वितरण कार्यक्रम सुरु हुन समय लागेको मन्त्रालयको भनाइ छ । साथै अर्थ मन्त्रालयले आवश्यकता अनुसारको बजेट विनियोजन नगर्दा पनि प्याड वितरण कार्यक्रम ढिलाइ भएको मन्त्रालयकी उपसचिव दिव्या तिवारीले बताइन् ।

‘निर्देशिका र बजेट विनियोजन समयमा नभएको हुँदा प्याड वितरणमा ढिलाइ भएको हो, अहिले बजेट पनि विनियोजन भइसकेको छ र निर्दे्शिका पनि तयार भएको छ । प्याड वितरणमा कुनै पनि समस्या छैन । पुस महिनामा कार्यक्रम सुरु गर्छाैँ’, उपसचिव तिवारीले भनिन् ।

पुस महिनाबाट सुरु गरिने प्याड वितरण कार्यक्रममा २० हजार सामुदायिक विद्यालय सहभागी हुने छन् । ती विद्यालयका महिनावारी उमेरका १३ हजारभन्दा धेरै बालबालिकालाई पहिलो कार्यक्रममा समावेश गरिने मन्त्रालयको भनाइ छ ।

आ.व. ०७६-०७७ को लागि अर्थ मन्त्रालयले एक अर्ब भन्दा बढी नै रकम विनियोजन गरिएको हुँदा यो आर्थिक वर्षमा प्याड वितरणमा कुनै पनि समस्या नहुने उपसचिव तिवारीले बताइन् ।

अहिले निर्दे्शिका बनाउने काम लगभग सकिएको मन्त्रालयको भनाइ छ । सचेतना फैल्याउने कार्यक्रम भएको हुँदा पहिलो कार्यक्रमको सुरुवात सङ्घीय सरकारले गरे पनि विस्तारै स्थानीय निकायलाई जिम्मेवारी हस्तान्तरण गर्दै जाने योजनामा मन्त्रालय रहेको छ ।

प्याड प्रयोगपछि व्यवस्थापनको जिम्मा भने परिवार योजना महाशाखालाई दिइएको छ । यता स्वास्थ्य क्षेत्रका विज्ञहरुले भने प्याड किनेर वितरण गर्नुभन्दा घरायसी प्याड प्रयोगमा सरकारले चासो दिनुपर्ने बताउँदै आएका छन् ।

साथै प्याड नै वितरण गर्ने हो भने विदेशी संस्थासँग खरिद गर्नुभन्दा नेपालमै प्याड उत्पादनलाई प्राथमिकता दिने हो आफ्नै देश प्याड उत्पादनमा आत्मनिर्भर हुनुका साथै धेरैले रोजगारी पाउने स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति: Dec 13, 2019

प्रतिक्रिया दिनुहोस्