Logo
१६ बैशाख २०८१, आईतबार
(December 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पश्चिमी वायु साँझबाट नेपाल प्रवेश गर्दै, चिसो बढ्नुका साथै वर्षा र हिमपातको सम्भावना

नेपालमा आज (बुधबार) साँझदेखि पश्चिमी वायुको प्रभाव सुरु हुँदै छ। साँझबाट नेपाल भित्रिने पश्चिमी वायुले चिसो बढ्नुका साथै कतिपय ठाउँमा वर्षा र हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली नेपालतर्फ अघि बढिरहेको छ। ‘बुधबार साँझसम्म नेपालको पश्चिमी भेगबाट यो वायु नेपाल प्रवेश गर्दैछ,’ मौसमविद् ‘मञ्जु बासीले भनिन्, ‘पश्चिमी वायुको कारण अबका केही दिन नेपालमा वर्षा र हिमपातको सम्भावना छ।’

यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको उनले बताइन्। ‘बिहीबारदेखि यो अझ सशक्त हुन्छ, यसको प्रभाव मध्य र पूर्वी पहाडी र हिमाली क्षेत्रमा पनि पर्ने देखिन्छ,’ बासीले भनिन्।

महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा भनिएको छ, ‘देशको पश्चिमि भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रहने छ। पश्चिमि भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडि तथा हिमालि भूभागका थोरै स्थानमा हल्का देखि मध्यम खालको हिमपात हुने तथा बाँकी भूभागमा आंशिक बदलि रहनेछ।’

काठमाडौँ उपत्यकामा आज बिहानको न्युनतम तापक्रम ६।५ डिग्री सेल्सियस मापन गरिएको छ।

प्रकाशित मिति: Dec 11, 2019

प्रतिक्रिया दिनुहोस्