Logo
१६ बैशाख २०८१, आईतबार
(December 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ बुधबारदेखि शनिबारसम्मको मौसम पुर्वानुमान, नेपालमा उच्च हिमपात हुने सम्भावना

काठमाडौं : नेपालका उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना रहेको छ ।

पूर्वी इरान र अफगानिस्तान माथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा रहेकोले नेपालमा उच्च हिमपात हुने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यो प्रणाली नेपालको पश्चिमी भेगमा बुधबार साँझसम्ममा प्रवेश गर्ने जनाइएको छ ।

त्यस्तै बुधबार देशको मध्य र पूर्वका उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको महाशाखाको पुर्वानुमान रहेको छ ।

हिमपात भएपछी तापक्रम घटि देशभर चिसो बढ्ने देखिएको छ । यहि प्रणालीका कारण देशका पश्चिमी र मध्य पूर्वी भू(भागमा पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् ।

प्रकाशित मिति: Dec 10, 2019

प्रतिक्रिया दिनुहोस्