Logo
६ जेष्ठ २०८१, आईतबार
(December 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनीयाँ हैकमवाद विरुद्ध हङ्गकङ्गमा अहिलेसम्मकै विशाल प्रदर्शन, ८ लाख मानिस सडकमा

चीन सरकारको हैकमवादी विरुद्ध हङ्गकङ्गको सडकमा आइतबार अहिलेसम्मकै सबैभन्दा ठूलो प्रदर्शन भएको छ ।

एक विवादित प्रत्यर्पण विधेयकका विषयमा गत जूनदेखि यहाँ प्रदर्शन सुरु भएको थियो र अब यो व्यापक सरकारविरोधी प्रदर्शनमा परिवर्तन भएको छ ।

गत अगस्ट महिनापछि पहिलो पटक लोकतन्त्र समर्थक समूह सिभिल ह्यूमन राइट्स फ्रन्टलाई यो र्‍यालीलाई अनुमती दिइएको हो ।

आयोजकका अनुसार यसमा करिब ८ लाख मानिसले भाग लिए जबकी पुलिसले प्रदर्शनकारीको संख्या १ लाख ८३ हजार बताएका छन् । र्‍याली अघि पुलिसले छापा मार्दा ११ जनालाई पक्राउ गरेको र एउटा ह्यान्डगन बरामद गरेको दाबी गरेको थियो ।

प्रदर्शनको क्रममा भिक्टोरिया पार्कमा आएकी ४० वर्षीया महिला जूनले भनिन्, ‘म स्वतन्त्रताका लागि अन्तिम साससम्म संघर्ष गर्नेछु ।’

शनिबार एक बयान जारी गरेर सरकारले शान्ति स्थापित गर्नका लागि अपिल गर्दै आफूले पाठ सिकिसकेको र अब सहानुभूतिका साथ मानिसहरुको कुरा सुन्ने र आलोचना स्विकार गर्ने बताएको छ ।

हिंसाको खबरः
यसैबीच आन्दोलनकारीमाथी पेट्रोल बममार्फत् हमला गरिएको छ । यो हमलालाई र्‍यालीका आयोजक, पुलिस र सरकारले निन्दा गर्दै यो हङ्गकङ्गको छवि धुमिल गर्ने कारवाही भएको बताएका छन् ।

यसअघि पुलिसले अनुसन्धानको क्रममा एउटा अटोमेटिक पेस्तोल, १ सय ५ वटा गोली, चक्कु र पटाका भेटेको बतायो । प्रदर्शनको क्रममा ह्यान्डगन भेटिएको यो पहिलो घटना हो ।

दुई हप्ता अघि स्थानीय निकाय चुनावमा लोकतन्त्र समर्थक उम्मेद्वारको भारी जीत पछि शहरमा केही शान्ति छाएको छ ।

तर हङ्गकङ्गका नेता क्यारी ल्यामविरुद्ध अहिले पनि असन्तोषको स्थिती छ र प्रदर्शनकारीले सरकारलाई थप सहुलियतको लागि माग गरिरहेको छ ।

प्रदर्शनको ६ महिना पूराः
यो र्‍यालीपछि सरकारले आफूहरु हङ्गकङ्गको गहिरिँदो समस्यालाई कुराकानी मार्फत् हल गर्ने कोसिस गरिरहेको बताएको छ । गत जून ९ मा विशाल र्‍याली सुरु भएको थियो । सोमबार यसको ६ महिना पूरा भएको छ ।

यी प्रदर्शनका कारण एउटा ठूलो राजनीतिक संकट पैदा भएको छ जसले चीनको यो अर्ध स्वायत्त इलाकालाई आफ्नो पकडमा पारेको छ । र्‍यालीको आयोजनाकर्ता सिभिल ह्युमन राइट्स फ्रन्टले विभिन्न माग राखेको छ जसमध्ये प्रदर्शनकारीमाथि पुलिस व्यवहारको स्वतन्त्र अनुसन्धान, पक्राउ परेकालाई रिहा र निष्पक्ष चुनाव गराउनुपर्ने रहेका छन् ।

सरकारसँग उनीहरुको माग सम्बोधन गर्ने यही नै अन्तिम उपाय भएको फ्रन्टले जानकारी दिएको छ । हालैका दिनमा यो प्रदर्शन हिंस्रक हुँदै गएका कारण यो अशान्ति कसरी रोक्न सकिन्छ भन्ने संकट पैदा भएको छ ।

जूनदेखि अहिलेसम्म ६ हजार व्यक्तिलाई पक्राउ गरिएको छ र सयौं घाइते भएका छन् जसमा पुलिसकर्मी पनि समावेश भएका छन् ।

यद्यपि, आइतबारको र्‍याली शान्तिपूर्ण नै रह्यो तर केही स्थानमा हिंसाका खबर पनि आइरहेको बताइएको छ ।

यो र्‍यालीको अन्तिम समयमा प्रदर्शनकारीले आफ्नो मोबाइलको टर्च बालेर सरकारविरोधी नारा लगाए ।

हङकङबारे सांक्षिप्त जानकारी :

हङकङ आधिकारिक रूपमा हङकङ जनवादी गणतन्त्र चीनको विशेष प्रसासनिक क्षेत्र रूपमा चिनिन्छ । हङकङ चिनको पर्ल नदी डेल्टा र साउथ चाइना सागरको दक्षिणी कुनामा अवस्थित एक स्वायत्त प्रदेश हो ।

हङकङ आफ्नो गगनचुम्बी इमारत र गहिरो प्राकृतिक बन्दरगाहको लागि प्रसिद्ध छ ।[७] यसको क्षेत्रफल ११०४ किमी२ छ र यसको उत्तरी सिमामा चिनको गुआङ्डोङ प्रदेश रहेको छ । यो स्थानको जनसङ्ख्या ७.२ मिलियन छ जुन भिन्न भिन्न राष्ट्रियताका छन् । हङकङ संसारकै सबैभन्दा बढी जनघनत्व भएको महानगर मध्ये एक हो । हङकङ जनवादी गणतन्त्र चीनको विशेष प्रसासनिक क्षेत्र हो ।

राष्ट्रगान: “मार्च अफ द भोलेन्टियर्स”

सरकारी भाषा : चिनियाँ/अङ्ग्रेजी
क्षेत्रीय भाषाहरू :  क्यान्टोनिज
धर्म  : ९३.६% चिनिया, ६.४% अन्य
नागरिकता : हङकङ्गेनर, हङकङ्गेन
सार्वभौम राज्य : जनवादी गणतन्त्र चीन
सरकारको प्रकार : चीनको विशेष
प्रमुख कार्यकारी : क्यारी लाम
मुख्य सचिव : जोन साङ
विधान परिषदको अध्यक्ष : जेस्पर साङ
मुख्य न्यायाधीश : ज्योफ्री मा

व्यवस्थापिका विधान परिषद इतिहास : बेलायती आधिपत्य २६ जनवरी १८४१

ननकिङको सन्धि २९ अगस्ट १८४२

पेकिङ अधिवेसन १८ अक्टोबर १८६०

दोस्रो पेकिङ अधिवेसन १ जुलाई १८९८

जापानी कब्जा २५ दिसम्बर १९४१ सँ १५ अगस्त १९४५

संयुक्त अधिराज्य देखि सार्वभौमसत्ता सुम्पिएको
गेल १ जुलाई १९९७

क्षेत्रफल :  जम्मा १,१०४ वर्ग किमी (१७९अम)
४२६ वर्ग माइल
जलक्षेत्र (%) : ४.५८ (५० किमी2; १९ वर्ग मी)

जनसङ्ख्या :  २०१४ अनुमान ७२३४८००[३] (१००औँ)

जनघनत्व :  ६५४४[४]/वर्ग किमी १७,०२४/वर्ग माइल

जिडिपी (पीपीपी) :  २०१५ अनुमान
जम्मा :  $४१२.३०० बिलियन[५] (४४औँ)

प्रतिव्यक्ति आय :  $५६,४२८[५] (१०अम)
जिडिपी (नाम मात्र) २०१५ अनुमान

जम्मा :  $३१०.०७४ बिलियन[५] (३६औँ)

प्रतिव्यक्ति आय : $४२,४३७[५] (१८औँ)
गिनी (२०११) ५३.७
मानव विकास सूचकांक (२०१३) ०.८९१ (१५औँ)
मुद्रा :  हङकङ डलर (यचके$) (यचकेडी)
समय क्षेत्र :  (युटिसी+८)
टेलिफोन कोड : +८५२

प्रकाशित मिति: Dec 9, 2019

प्रतिक्रिया दिनुहोस्