Logo
७ बैशाख २०८१, शुक्रबार
(December 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस हप्ताको राशिफल (मङ्सिर २२ देखि मङ्सिर २८ गतेसम्म)

मेष
आर्थिक उन्नति, प्रगति होला। दाम्पत्य र पारिवारिक जीवनमा सुख, शान्ति, समृद्धि प्राप्त हुनेछ। घरपरिवारको सहयोग प्राप्त हुनेछ। खेलाडीहरूका लागि साता उत्कृष्ट रहेको छ। छात्रछात्राहरूका लागि पनि साता निकै राम्रो रहेको छ।

वृष
मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धि प्राप्त होला। दाजुभाइ, दिदीबहिनी, घरपरिवारबाट पाउने सहयोग भने मध्यम देखिएको छ। व्यापार, व्यवसायमा लाभ हुनेछ। बैंकिङ क्षेत्रका कर्मचारीहरूका लागि साता निकै राम्रो रहेको छ। आर्थिक उन्नति, प्रगति मध्यम देखिन्छ। स्वास्थ्यमा विचार पुऱ्याउनुपर्नेछ। यात्रा त्यत्ति सुखद हुने छैन।

मिथुन
मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। आर्थिक समृद्धि, उन्नति, प्रगतिको योग छ। मनमा कौतूहल र चिन्ता रहनेछ। नयाँ कार्यको थालनी होला। नयाँ सवारी साधनका योग बन्नेछन्। घरपरिवारको सहयोग प्राप्त हुनेछ। खानपानमा मुख बार्नुपर्नेछ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। छात्रछात्राहरूका लागि साता निकै राम्रो देखिएको छ।

कर्कट
आर्थिक उन्नति, प्रगतिको वातावरण बन्नेछ। मनमा कुरा खेलिरहनेछ। स्वास्थ्यमा केही समस्या रहनेछ। दाम्पत्य र पारिवारिक जीवनमा केही अप्ठ्यारा पक्षहरू रहलान्। रोकिएका कामहरू बन्नेछन्। न्याय क्षेत्रबाट उचित न्याय प्राप्त हुनेछ। कृषि क्षेत्रमा लाभको साता रहेको छ।

सिंह
विद्या, बुद्धि बढ्न सक्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धि प्राप्त होला। नयाँ कार्यको थालनीको योग बन्नेछ। आर्थिक उपार्जन र उन्नतिका मार्गहरू प्रशस्त रूपमा बन्नेछन्। लेनदेनमा भने थोरै विचार पुऱ्याउनुपर्ला। झुटो आरोप, प्रत्यारोप लाग्न सक्नेछ। घरपरिवारको सहयोग प्राप्त होला।

कन्या
मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। छात्रछात्राहरूका लागि साता उत्कृष्ट रहेको छ। खेलाडीहरूका लागि पनि साता निकै राम्रो रहेको छ। साहित्य, सङ्गीत, कलाका सर्जकहरूका लागि पनि साता उत्कृष्ट रहेको छ। न्याय क्षेत्रबाट उचित न्याय पाउनुहुनेछ। बैङ्क या वित्तीय संस्थामा काम गर्नेहरुका लागि साता उत्कृष्ट रहेको छ।

तुला
मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धि प्राप्त होला। घरपरिवारको सहयोग प्राप्त हुनेछ। खानपिनमा मुख बार्नुपर्नेछ। कृषि क्षेत्रमा लाभ छ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। नयाँ कार्यको थालनी हुनेछ।

वृश्चिक
मनमा उत्साह र उमङ्ग छाउनेछ। पारिवारिक उन्नति, प्रगति निकै राम्रो देखिन्छ। घरपरिवारको सहयोग प्राप्त हुनेछ। नयाँ कार्यको थालनीको योग बन्ला। व्यापार, व्यवसायमा लाभ हुनेछ। स्वास्थ्यमा विचार पुऱ्याउनुपर्नेछ।

धनु
आर्थिक समृद्धि, उन्नति, प्रगति प्राप्त होला। दाजुभाइ, दिदीबहिनी, घरपरिवारको सहयोग प्राप्त हुनेछ। मनमा कौतूहल र चिन्ता रहनेछ। देशविदेशबाट खुसीको खबर सुन्न पाउनुहुनेछ।

मकर
व्यापार, व्यवसायमा राम्रो हुनेछ। खेलाडीहरूका लागि साता उत्कृष्ट देखिन्छ। पारिवारिक सुख, शान्ति, समृद्धि प्राप्त होला। आर्थिक उपार्जन निकै राम्रो हुनेछ। घरपरिवार र कुलकुटुम्बको सहयोग प्राप्त हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा भने केही पीडा हुन सक्नेछ।

कुम्भ
दाम्पत्य र पारिवारिक जीवनमा सुख, शान्ति, समृद्धि रहनेछ। आँटेको र चिताएको काममा केही समस्या आउन सक्नेछ। न्याय क्षेत्रबाट उचित न्याय प्राप्त हुनेछ। खानपानमा निकै विचार पुऱ्याउनुपर्नेछ। कृषि क्षेत्रमा लाभको साता रहेको छ। जागिरेहरूका लागि साता मध्यम रहेको छ।

मीन
दाम्पत्य र पारिवारिक जीवनमा सुख, शान्ति, समृद्धि रहला। आर्थिक उपार्जन र उन्नति, प्रगति निकै राम्रो देखिएको छ। नयाँ कार्यको थालनी हुनेछ। दाजुभाइ, कुलकुटुम्ब, इष्टमित्रबाट राम्रो सहयोग प्राप्त हुने देखिएको छ। शिक्षक र विद्यार्थीबीचको सम्बन्ध राम्रो देखिन्छ।

प्रकाशित मिति: Dec 8, 2019

प्रतिक्रिया दिनुहोस्