Logo
१८ बैशाख २०८१, मंगलबार
(December 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करकै कारण धरान उपमहानगरपालिकामा हार भएको नेकपाको निश्कर्ष

सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश १ स्थित सुनसरीको धरानमा भएको उपमहानगरपालिका चुनावमा करकै कारण हार भएको निश्कर्ष निकालेको छ ।

धरान उपहानगरपालिका प्रमुखका लागि भएको उपचुनाव हारेको दुई दिनपछि  नेकपाको उपमहानर कमिटीले संसदीय दललाई निर्देशन दियो, ‘तत्काल करका दर घटाऊ ।

निर्वाचनका क्रममा जनताको घरदैलोमा जाँदा करबारे धेरै गुनासो र असन्तुष्टी पाइएकाले आर्थिक वर्ष २०७६/७७ का लागि उपमहानगरले लागू गरेको करको दर पुनरावलोकन गर्नुपर्ने नेकपा धरान निर्वाचन परिचालन कमिटीको निश्कर्ष छ ।

करको दर तत्काल घटाउन उपमहानगर संसदीय दललाई निर्देशन दिइएको संयोजक रमेश बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चुनाव भइसकेपछि नेकपाले किन करको दर घटाउन निर्देशन दियो त ? नेकपा नेता विजय राईका अनुसार अहिले वडा तहबाटै चुनावी हारको समीक्षा चलिरहेको छ । यसमा सबैको निष्कर्ष छ, मेयरको चुनाव हार्नुको प्रमुख कारण कर नै हो ।

उनले अनलाइनखबरसँग भने, ‘अहिले हामी समीक्षाकै क्रममा छौं । तर चुनावी घरदैलोको क्रममा कर वृद्धि भएको धेरै मतदाताले उठाउनु भएको थियो र, मेयरको चुनाव हार्नुको प्रमुख कारण मध्ये एक कर नै हो भन्ने हाम्रो निश्कर्ष छ ।’

चुनाव अगाडि नै यो बुझ्न नसक्नु आफूहरुको कमजोरी भएको नेकपाका नेताहरुले बताएका छन् । धरानको मेयरका लागि भएको उपनिर्वाचनमा नेकपाका उम्मेदवार प्रकाश राईलाई पराजित गर्दै नेपाली कांग्रेसका तिलक राई निर्वाचित भएका थिए ।

प्रकाशित मिति: Dec 4, 2019

प्रतिक्रिया दिनुहोस्