Logo
२१ बैशाख २०८१, शुक्रबार
(December 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महायज्ञ अभियानलाई बिथोल्न ममाथी षडयन्त्र भइरहेको छ : सिद्धबाबा (भिडियो सहित)

वलात्कारको आरोपमा सोमबार बिहान पक्राउ परेका श्रीराम तारकब्रम्हा पीठ चतराधामका पीठाधिस डा. बैष्णव कृष्णदासजी महाराज जगतगुरु रामानन्दाचार्य ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीले आफ्नो महायज्ञ अभियानलाई बिथोल्न यस्तो आरोप लगाइएको बताएका छन् ।

जिल्ला अदालत सुनसरीमा म्याद थप गरी अस्पताल लैजाने क्रममा कृष्णबहादुर गिरीले संचारकर्मीसंगको कुराकानीमा आफुलाई फसाउने षडयन्त्र गरिएको बताए ।

‘ब्यरगेनिङ्ग र इस्रिया भावले यो कार्य भएको छ’ भन्दै उनले भगवानले षडयन्त्रकारीहरुलाई नछाडने बताए । अदालतले आफूलाई न्याय दिने बिषयमा आशावादी रहेको समेत गिरीले बताएका छन् ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति: Dec 3, 2019

प्रतिक्रिया दिनुहोस्