Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरा स्थित बाटो स्तरोन्नतीको क्रममा ५ जना पुरिए, उद्धार चल्दै

गण्डकी प्रदेश स्थित कास्कीको पोखरा-२० मौजा बिसौनास्थित बाटो स्तरोन्नतीको क्रममा माटोको ढिस्कोले पाँचजना पुरिएका छन् । भलामबाट मौजा पुग्ने सडकखण्डको स्तरोन्नतीका लागि ‘रिटेनिङ वाल’ लगाउने क्रममा कामदारलाई माथिबाट खसेको ढिस्कोले पुरेको हो ।

ढिस्को खस्दाखस्दै दुईजना भाग्न सफल भएका छन् । पुरिएका पाँचजनाको उद्धार भइरहेको वडाध्यक्ष सिम गुरुङले जानकारी दिए ।उनीहरु त्यहाँ कामका लागि सल्यानको जिल्फाबाट आएका हुन् ।

ढिस्कोले पुरिएकाहरुमा खिमलाल वली, गणेश वली, बिज बहादुर बस्नेत, जोगेन्द्र बुढाथोकी र तोभान बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए । थप विवरण आउन बाँकी छ ।

#संकेतिक तस्विर

प्रकाशित मिति: Dec 1, 2019

प्रतिक्रिया दिनुहोस्