Logo
४ जेष्ठ २०८१, शुक्रबार
(November 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली भूमि मिचेर बनाइएका भारतीयका घरटहराहरु भत्काइयो, भारतीय SSB को पनि सहयोग

प्रदेश १ स्थित सुनसरीको दक्षिणी क्षेत्रमा रहेको देवानगंज गाउँपालिका स्थित नेपालको अतिक्रमित भूमिलाई खाली गराईएको  छ ।भारतीय नागरिकले निर्माण गरेका घर टहरा सशस्त्र प्रहरीले भत्काउँदै जमिन खाली गराईएको हो ।

सशस्त्र प्रहरीको ४ नम्बर गण सुनसरीबाट खटिएको टोलीले बुधबार र बिहीबार देवानगन्ज गाउँपालिकाको नेपाली भूमि अतिक्रमण गरी भारतीय नागरिकले २१ घरटहरा बनाएका थिए ।

भारतीय पक्षले सुनसरीका विभिन्न २० स्थानमा नेपाली भूमि अतिक्रमण गरी घर बनाएको छ । सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालका अनुसार भारतीय पक्षले अतिक्रमण गरेका सुनसरीका २० वटै स्थानबाट जमिन फिर्ता लिन दैनिक सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

यस कार्यमा नेपालका स्थानीय बासिन्दा समेत भारतीय सिमा सुरक्षा बल एसएसबीका जवानले पनि सहयोग गरेको उनले बताए ।

प्रकाशित मिति: Nov 29, 2019

प्रतिक्रिया दिनुहोस्