Logo
६ जेष्ठ २०८१, आईतबार
(November 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सी जिनपिङ र नरेन्द्र मोदीले तयार पारेको ‘टू प्ल्स वान’ अवधारणा उपयुक्त छैन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई भारत र चीनको ट्रान्जिट प्वाइन्टका रुपमा मात्रै लिन नहुने बताएका छन् ।

चीनका राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तयार पारेको ‘टू प्ल्स वान’ अवधारणा उपयुक्त नहुने बताएका हुन् । नेपाललाई ट्रान्जिट भन्दा पनि साझेदारका रुपमा राखिनु पर्नेमा प्रचण्डले जोड दिएका हुन् । नेपालका सम्बन्धमा

भारत र चीनले प्रयोग गर्दै आएको ‘टू प्लस वान’ अवधारणा उपयुक्त नभएको बताएका छन् । नेपाल-चीन मिडिया फोरमले शुक्रबार काठमाडौँमा गरेको कार्यक्रममा प्रचण्डले नेपाल, चीन र भारतबिचको त्रिदेशीय रणनीतिक साझेदारी आवश्यक रहेको बताए ।

त्रिदेशीय साझेदारीको सम्भावनाबारे चीन र भारतसँग सकारात्मक छलफल भइरहेको पनि उनले जानकारी दिएका छन् । केही समयअघि नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपतिले भारतको बाटो प्रयोग गरेको र त्यसको विशेष अर्थ रहेको पनि उनले बताए ।

उनले भने, ‘यसले त्रिदेशीय साझेदारीको हाम्रो सोच र रणनीतिक महत्वलाई स्थाापित गरेको छ भन्ने लागेको छ ।’ चिनियाँ राष्ट्रपति सी र भारतका प्रधानमन्त्री मोदीबिच भेट हुँदा प्रयोग भएको ‘टू प्लस वान’ उपयुक्त नरहेको उनले बताए ।

प्रकाशित मिति: Nov 29, 2019

प्रतिक्रिया दिनुहोस्