Logo
६ जेष्ठ २०८१, आईतबार
(November 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लिपुलेक र लिम्पियाधुरा कालापानीबारे वार्ता आरम्भ, भारतलाई प्रमाण देखाइने

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद बैठकमा भएका निर्णय सार्वजनिक गर्दै । तस्वीर : प्रदीपराज वन्त

सरकारले कालापानीबारे भारतसँग वार्ता आरम्भ भइसकेको खुलाएको छ । अनौपचारिक रुपमा चलेको वार्ता औपचारिक बन्दा नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भएको प्रमाण पेश गर्ने भएको छ ।

सञ्चारमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटोले वार्ताको आरम्भ भइसकेको खुलाए ।

उनले सीमा विवाद पुरानै हो भन्दै वार्ताबाट समाधान निकालिने बताए । उनले भने, ‘समस्या सभाधानका लागि हामीले वार्ताको आरम्भ गरिसकेका छौं ।’

कालापानीमात्र नभई लिम्पियाधुरासम्म नेपालको भू-भाग रहेको प्रमाण सरकारसँग रहेको भन्दै त्यसलाई वार्ताको टेबुलमा पेश गर्ने बताए । उनले भने, ‘हामी प्रमाणसहित भारतसँग टेबुलमा प्रस्तुत हुन सक्छौं ।’ सरकारले कुटनीतिक तरिकाले सीमा समस्या समाधान गर्ने उनको भनाई थियो ।

भारतको राजपत्रमा पनि कालापानी, लिम्पियाधुरा र सुस्ता नेपाल भएको प्रमाण फेला परेको बताए । लिम्पियाधुरासम्म नेपालको सीमा रहेकोमा नेपाल सरकार स्पष्ट रहेको उनले बताए ।

प्रकाशित मिति: Nov 28, 2019

प्रतिक्रिया दिनुहोस्