Logo
५ जेष्ठ २०८१, शनिबार
(November 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलमका भाई भारतका एक राजनीतिज्ञको घरमा शरण लिएर बसेको खुलासा

रौतहट जिल्लाको राजपुर फरहदवामा भएको बम काण्डका मुख्य आरोपी मानिएका नेपाली काँग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमका भाइ मोहम्मद मोहताब आलमको प्रहरीले खोजीकार्य अघि बढाएको छ ।

करिब १२ वर्षअघि राजपुरमा भएको बम काण्डमा दाजु मोहम्मद अफताब आलमको पनि संलग्नता रहेको भन्दै प्रहरीले खोजी सूचीमा राखेपछि आलमका भाइ मोहम्मद मोहताब आलम फरार भएका हुन् ।

खोजी सूचीमा रहेका मोहताब आलम भने यतिबेला भारतका एक राजनीतिज्ञको घरमा शरण लिएर बसेको खुलासा भएको छ ।

मोहताब यतिबेला भारतको बिहार राज्यमा पर्ने ढाका भन्ने स्थानमा एक राजनीतिज्ञको घरमा शरण लिएर बसिरहेको प्रहरी स्रोतले बताएको छ । दाइलाई प्रहरीले पक्राउ गरेलगत्तै मोहताब आलम ती भारतीय राजनीतिज्ञको शरणमा पुगेको प्रहरीको दाबी छ ।

आलमसँग नजिक रहेका भारतीय राजनीतिज्ञ रौतहटस्थित आलमको घरमा आउने गरेको स्रोत बताउँछ । घर आएको बेला भारतीय राजनीतिज्ञलाई भाइ मोहताब आलमले पनि चिनेको र त्यसैअनुरुप मोहताब आलम भारत पुगेको हुनसक्ने स्रोतको बुझाइ छ ।

प्रकाशित मिति: Nov 26, 2019

प्रतिक्रिया दिनुहोस्