Logo
१ जेष्ठ २०८१, मंगलबार
(November 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारीको नियुक्तिमा समस्या : लोकसेवाबाट सिफारिस हुने कर्मचारी आवश्यक छैन !

कतिपय स्थानीय तहले लोकसेवाबाट सिफारिस हुने कर्मचारी आवश्यक नरहेको भन्दै सिफारिस रोक्न सरकारलाई आग्रह गरेको छ ।

योेसँगै कर्मचारीको नियुक्तिमा समस्या देखिएको छ । आर्थिक स्रोतले धान्न नसक्ने अवस्था रहेकाले कर्मचारी दरबन्दी कम गरिएको कारण देखाउँदै कतिपय स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सिफारिस रोकिदिन आग्रह गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले केही स्थानीय तहले मौखिक रूपमा र केहीले लिखित रूपमै मन्त्रालयसँग यस्तो आग्रह गरेको बताए । मन्त्रालयले भने सिफारिस रोक्न सम्भव नहुने स्पष्ट पारिसकेको छ ।

तर, कति स्थानीय तहले यस्तो जानकारी गराए भन्ने सम्बन्धमा यकिन तथ्यांक मन्त्रालयसँग रहेको छैन । राजधानी दैनिकबाट साभार ।

प्रकाशित मिति: Nov 23, 2019

प्रतिक्रिया दिनुहोस्