Logo
४ जेष्ठ २०८१, शुक्रबार
(November 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीमाबारे छलफलका लागि नेपालले कुनै औपचारिक पत्र पठाएको छैन : भारत

भारतले दुई साताअघि सार्वजनिक गरिएको नयाँ नक्सामा नेपालको सीमा नमिचिएको दाबी दोहोर्‍याएको छ  । विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रविशकुमारले नयाँ नक्सालाई लिएर नेपालमा भइरहेको विरोधका सम्बन्धमा भारतको भनाइ यथावत रहेको बताएका हुन् ।

सीमा विवादका सम्बन्धमा छलफल गर्न नेपालका तर्फबाट औपचारिक पत्राचार नभएको पनि उनले उल्लेख गरेका छन् । प्रवक्ता रविशकुमारले पत्राचारपछि औपचारिक प्रक्रिया सुरु हुने र दुवै पक्षको अनुकूलता हेरेर बैठकको मिति तय हुने जानकारी पनि दिए ।

उनले नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह ‘ईपीजीको प्रतिवेदन बुझाउनै बाँकी रहेको पनि दोहोर्‍याए । भारतका कारण प्रतिवेदन सार्वजनिक भएन भन्नु तथ्यगत रूपमा गलत रहेको विदेश मन्त्रालयको दावी छ ।

दुवै पक्षले आआफ्ना सरकारलाई बुझाएपछि मात्रै प्रतिवेदन सार्वजनिक हुने उनले स्पष्ट पारे । प्रधानमन्त्री केपी ओलीले कालापानी क्षेत्र नेपालको भएको अभिव्यक्ति दिएको एक साता नबित्दै भारतको पुरानै अडान सार्वजनिक भएको हो ।

भारतले नोभेम्बर दुईमा सार्वजनिक गरेको नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समावेश गरेको विषयलाई लिएर नेपालमा विरोध भइरहेको छ ।

प्रकाशित मिति: Nov 22, 2019

प्रतिक्रिया दिनुहोस्