शपथग्रहणपछि यस्तो देखियो नवनियुक्त मन्त्रीहरूले तड्क-भड्क (फोटो-फिचर)
- नागरिक टाइम्स/संवाददाता
५ मंसिर २०७६, बिहीबार ००:००
नवनियुक्त मन्त्रीहरूले बिहिबार पद तथा गोपनीयताको शपथ लिएसंगै सक्रिय देखिएका छन् । प्रायः सबै मन्त्रीहरुले बिहिबार नै कार्यभार समेत सम्हालेका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार बिहान आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्री र ३ राज्य मन्त्रीहरूलाई शपथ गराएकी हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले शपथ गराउने संवैधानिक व्यवस्था अनुसार उनले त्यसको भोलिपल्ट शपथ गराएकी हुन् ।
शपथसँगै नवनियुक्त मन्त्रीहरूलाई मन्त्रालयको कार्यभार सम्हालेर काम गर्न बाटो खुलेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।
तीन राज्यमन्त्री उद्योगका मोतिलाल दुगड, स्वास्थ्यका नवराज रावत र शहरी विकासका रामवीर मानन्धरले पनि राष्ट्रपतिको उस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट शपथ लिएका छन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित भएका थिए ।