Logo
१६ बैशाख २०८१, आईतबार
(November 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बूढानीलकण्ठ वेद विद्याश्रमका लागि महायज्ञबाट १३ लाख सङ्कलन

बूढानीलकण्ठमा सञ्चालित वेद विद्याश्रमको सहयोगका लागि आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट रु १३ लाख सङ्कलन भएको छ ।

हरिबोधिनी एकादशीको अवसर पारेर कात्तिक २० गतेदेखि २६ गतेसम्म आयोजना गरिएको महायज्ञबाट सङ्कलित रकम प्राचीनकालदेखि चलिआएको गुरुकूल चलाउन खर्च गरिने आयोजक समितिका अध्यक्ष कल्पना मल्ल ठकुरीले बताए ।

कार्यक्रम समापन समारोहमा सांसद एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेपाल धर्म निरपेक्ष राष्ट्र भए पनि वैदिक सनातन धर्मको संरक्षण गरिने विषय संविधानमै उल्लेख गरी धर्म परिवर्तनलाई निषेध गरिएको बताए ।

महायज्ञका मूलकर्ता एवं पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले वैदिक सनातन धर्मको रक्षाका लागि गुरुकुल प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए ।

प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म बूढानीलकण्ठमा भक्तजनको विशेष भीड लाग्छ । यस अवसरमा नारायणस्थानमा मेलासमेत आयोजना गरिएको थियो ।

कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म अर्थात् कात्तिक २२ गतेदेखि २६ गतेसम्म चलेको मेलामा लाखौँ भक्तजनको सहभागिता थियो ।

प्रकाशित मिति: Nov 13, 2019

प्रतिक्रिया दिनुहोस्