Logo
२१ बैशाख २०८१, शुक्रबार
(November 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको सबैभन्दा व्यस्त भद्रपुर विमानस्थल १० दिन बन्द

नेपालको सबैभन्दा व्यस्त विमानस्थलको रूपमा चिनिने झापाको चन्द्रगढीस्थित भद्रपुर विमानस्थल १० दिन बन्द हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, नियमित मर्मत सम्भारका लागि यो विमानस्थल २६ कात्तिकदेखि ५ मंसिरसम्म बन्द गर्न लागिएको छ ।

यससँगै अब झापामा हुने उडान अवतरण १० दिन ठप्प हुनेछ । वायुसेवा सञ्चालक संघ (आयोन)ले झापाको भद्रपुरबाट भइरहेका उडान अब विकल्पका रूपमा विराटनगरबाट हुने जानकारी दिएको छ ।

यस विमानस्थलमा नेपाल एयरलाइन्ससँगै बुद्ध, यती, सौर्य र श्री एयरलाइन्सले उडान गर्दै आएका छन् ।

प्रकाशित मिति: Nov 11, 2019

प्रतिक्रिया दिनुहोस्